भदौ चौथो साता पुर्वाधार सम्मेलन

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको संयुक्त आयोजनामा ‘नेपाल पूर्वाधार सम्मेलन २०२२’ भदौ २३ र २४ मा हुने भएको छ । सो सम्मेलनमा २५ देशबाट ६ सय जना भन्दा बढी उपस्थिति हुने सिएनआईले बताएको छ ।

सम्मेलनले नेपालमा पूर्वाधार क्षेत्रमा विदेशी लगानी भित्रयाउन मुख्य भूमिका खेल्ने भौतिक मन्त्रालयका सिनियर डिभीजन इन्जिनियर (सिडीई) शंकर सिंह धामीले बताएका छन । सोमबार सीएनआईले गरेको पत्रकार सम्मेलनमा सिडीई धामीले पूर्वाधार सम्मेलनको मुख्य उदेश्य नेपालको आवश्यकता अनुसार विदेशी लगानी भित्रयाउने , यातायात क्षेत्रमा सुधार गर्ने लगायत रहेको बताए । पूर्वाधारको क्षेत्रमा नीजि क्षेत्रलाई सहभागिता गराउनु पर्नेमा उनको जोड थियो ।

‘सरकारको एउटा अंग नीजि क्षेत्र हो । अब नीजि क्षेत्रको लगानी पूर्वाधार निर्माणमा पनि हुनुपर्छ, सरकारले आवश्यक सहजिकरण र समन्वय गर्न तयार छ’ धामीले भने । सिएनआईका अध्यक्ष विष्णु अग्रवालले पूर्वाधार क्षेत्रको विकास कुनै पनि देशको मेरुदण्ड भएकाले सरकार र नीजि क्षेत्रले समन्वय गरेर काम गर्नु पर्ने बताए । उनले पूर्वाधर क्षेत्रमा लगानी गर्नको लागि पूर्वाधार बैंक नै सञ्चालन भइरहेको भन्दै यसले पनि सफलता पाइरहेको र रोड, एयरपोर्टको क्षेत्रमा पनि बजेट बढ्दै जानु सकरात्मक पक्ष भएको बताएका थिए ।

नेपालमा सन् २०१४ मा पहिलो पटक, २०१७ मा दोस्रो र २०१९ मा तेस्रो पटक पूर्वाधार सम्मेलन भएको थियो । २०२१ चैथो सम्मेलन हुनु पर्ने भएपनि कोरोना संक्रमणको कारण २०२२ मा मात्रै सम्मेलन हुन लागेको हो । सम्मेलनमा नवीन वित्तिय ढाँचा, प्रत्यक्ष वैदेशिक लगानी, नीजि क्षेत्रको थप संलग्नता, प्रविधि र डिजिटल रुपान्तरणलगायत विषयमा समेत छलफल हुने छ । त्यस्तै संघ, प्रदेश र स्थानीय सरकारसँग पूर्वाधारको क्षेत्रमा भएका समस्या, चुनौती र अवसरको विषयमा समेत छलपल गर्ने पनि बताइएको छ ।

प्रतिक्रिया