नेपाली कांग्रेस र अमृत भण्डारीको यक्ष प्रश्न

महेन्द्र पाण्डे

बिपिन कोइराला, शेरबहादुर देउवा, विमलेन्द्र निधि लगायतका नेताहरू २५ वर्षको उमेरमा नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका थिए । निधि २३ वर्षको उमेरमा नेविसंघको अध्यक्ष बनेका थिए । देउवा २५, ज्ञानेन्द्रबहादुर कार्की र बालकृष्ण खाण पनि नेविसंघको अध्यक्ष हुँदा २५ वर्षकै थिए । अहिले अमृतले प्रश्न गर्छन्, हाम्रो पालो कहिले आउने ? मैले अमृतलाई निराश नहुनका लागि सम्झाउने शब्द नै पाएको छैन ।

म नेविसंघ गुल्मी जिल्ला अध्यक्ष भएको बेला ०५४ सालमा जन्मेका हुन्, अमृत भण्डारी । अमृत अहिले जुन उमेरमा नेविसंघ जिल्ला सदस्य छन्, त्यो उमेरमा बिपिन कोइराला, शेरबहादुर देउवा, विमलेन्द्र निधि लगायतका नेताहरू नेविसंघको केन्द्रीय अध्यक्ष भइसकेका थिए । निधि २३ वर्षको उमेरमा नेविसंघको अध्यक्ष बनेका थिए । देउवा २५, ज्ञानेन्द्र बहादुर कार्की र बालकृष्ण खाण पनि नेविसंघको अध्यक्ष हुँदा २५ वर्षकै थिए । अहिले अमृतले प्रश्न गर्छन्, हाम्रो पालो कहिले आउने, हामी यत्तिकै बुढो हुने ? मैले अमृतलाई निराश नहुनका लागि सम्झाउने शब्द नै पाएको छैन ।

संयोगले साउनको पहिलो साता नेपाल प्रेस युनियनको नवौँ महाधिवेशनमा सहभागी हुन हेटौँडा जाने क्रममा अमृत पनि हामीसँगै भए । बाइरोडको बाटो हुँदै भएको यात्रामा साथी कृष्ण सापकोटाले निकै संयमतापूर्वक गाडी हाँकेका थिए । अमृतलाई निराश हुन नदिन मैले आफैँलाई उदाहरण दिँदै कुरा सुरु गरेँ–‘२०४२ सालमा नेपाली कांग्रेसले सत्याग्रहको आयोजना गर्दा म १४ वर्षको थिएँ । त्यतिबेला तमघासमा भएको धरपकड देखेपछि प्रजातन्त्र ल्याउनै पर्छ भनेर राजनीतिमा होमिए । नेविसंघको सदस्य बने । सरकारी पक्षको दमन त सत्याग्रह स्थगित भएसँगै मत्थर भएर गयो । तर, अखिल भनिने कम्युनिस्टहरूको जमातबाट बढी दमन हुन्थ्यो । सदरमुकाम तमघासमा त हामीलाई आक्रमण गर्ने आँट खासै गर्दैनथे । तर संगठन गर्न गाउँतिर जाँदा भने कम्युनिस्टहरूले सधँै अवरोध गरिरहे । हामी सुटुक्क जान्थ्यौँ, तर उनीहरूले थाहा पाइहाल्थे । ०४६ सालको जनआन्दोलनसम्म हामीले राम्रै संगठन बनाएका थियौँ ।

जनआन्दोलन सफल भएपछि नेवि संघको संगठन विस्तारका लागि प्युठानसँग सीमा जोडिएका क्षेत्रमा जानुपर्ने भयो । किनकी त्यो क्षेत्र पुरै कम्युनिस्टहरूको कब्जामा थियो । तत्कालीन माले र मसालको पकड क्षेत्र थियो त्यो । कांग्रेसका नेता तथा कार्यकर्ताहरू त्यहाँ पुग्न निकै हिम्मत जुटाउनु पथ्र्यो । भौतिक आक्रमणबाट कसरी जोगिने ? भन्ने उपाय अवलम्वन गरेर मात्रै जानुपथ्र्यो । मिति याद भएन हामी गयौँ, तर स्कुल पढ्दै गरेका कलिला किशोरकिशोरीहरूलाई उचालेर हामीमाथि ढुंगामुढासमेत भयो । ढुंगामुढा हान्ने जमातमा रहेकी त्यतिबेलाकी किशोरी एमालेमार्फत राजनीति गरेर मन्त्रीसमेत भएको देख्न पाउँदा मलाई खुसी नै लाग्छ, किनकी उनी त्यतिबेलादेखि नै जुझारु थिइन्, त्यही अनुसार उनको पार्टीले पनि मूल्यांकन गर्दै गयो, राम्रै भयो ।’

मेरो कुरा अत्यन्त ध्यान दिएर सुनिरहेका अमृतले जिज्ञासा राखे, ‘तपाईं नेता बनेर नेविसंघ गुल्मीको संगठन गर्दै गर्दा राजनीतिमा चासो राख्ने उमेरसमेत भइनसकेका मन्त्री बनिसके, तपाईं आपूm कहाँकहाँ अलमलिनुभयो त दाइ ?’ उनको यो प्रश्नले मेरो दिमागमा फेरि दोस्रो झड्का लाग्यो । अब कहाँ अलमलिँए भन्नु ? ०४८ सालको आमनिर्वाचन, ०४९ सालको स्थानीय निर्वाचनमा धेरै खटेँ । यो बीचमा एमालेको आक्रमण त कति खेपियो खेपियो ? दिमाग घटनामा चन्द्र भण्डारी, त्रैलोक्य प्रताप सेन, फणिन्द्र भण्डारीलाई बाँधेर घाँस खुवाउँदा छुटाउन जाँदा भएको भिडन्तपछि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भयो । ज्यादती नरोकिएपछि आमरण अनसन बस्न बाध्य भयौँ । पछि सिपी मैनाली र दमननाथ ढुंगानाको उच्चस्तरीय आयोगले त्यो मुद्दा फिर्ता लिएको थियो ।

०५४ सालमा साथीहरूले नेविसंघको जिल्ला सभापति बनाए । त्यतिबेलासम्म माओवादीले आतंक आरम्भ गरिसकेको थियो । एमालेका कार्यकर्ताहरूले रातीराती माओवादीको आवरणमा हामीमाथि आक्रमण गर्ने नयाँ सिलसिला सुरु गरिसकेका थिए । नेविसंघको अध्यक्षको नाताले कांग्रेसका नेता तथा कार्यकर्ताको संरक्षणका लागि केही न केही गर्नुपर्ने आफ्नो दायित्वलाई सम्झेँ । गाउँगाउँमा त सम्भव थिएन, जिल्ला सदरमुकाम तमघासमा हामीले अघोषित सुरक्षा दस्ता तयार ग¥यौँ । कांग्रेसका नेता तथा कार्यकर्तामाथि आक्रमणको प्रयास भएको सूचना तत्काल लिने र तत्कालै सबै साथीहरूलाई पु¥याउने संयन्त्र बनायौँ ।

आपत्विपत् पर्दा तमघासमा रहेका नेविसंघका साथीहरू १० मिनेट भित्रमा जम्मा भइहाल्ने संयन्त्र पनि बनायौँ । केही आपत्विपत्को सूचना आउनासाथ ५०–६० जना साथीहरू तत्कालै जम्मा भइहाल्थ्यौँ । यस्तो संयन्त्र बनेको थाहा पाएपछि तमघासमा कांग्रेसलाई आक्रमण गर्ने आँट न त एमालेले गर्न सक्यो, न त माओवादीले नै । यसको नेतृत्व वर्तमान लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठले गर्नुहुन्थ्यो । तर तमघासमा आपूmहरू निस्तेज भएको बदला लिन कम्युनिस्टहरूले गाउँगाउँमा हाम्रा साथीहरूलाई दुःख दिन थाले । तर, हामीले हरेस खाएनौँ । ५०÷६० जनाको दस्तासहित हरेक गाविसमा हामी जान थाल्यौँ । हामीलाई देख्दा उनीहरू डराएर भाग्ने गर्थे । तर हामी भन्थ्यौँ, ‘तपाईंहरू डराउनु पर्दैन, हाम्रा साथीहरूलाई आफ्ना गतिविधि गर्न दिनोस्, यही हाम्रा साथीहरूले यहाँ एक थप्पड पाए भने तपाईंहरू तमघास आउँदा दुई थप्पड भेट्नु हुनेछ ।’ हाम्रो यो चेतावनीपछि उनीहरू निस्तेज भए । तर मलगायत साथीहरू माथि मिडिया प्रयोग गरेर व्यक्तिगत रूपमा बद्नाम गराउने कोसिस भयो । महेन्द्र पाण्डे गुण्डा हो, डन हो भनेर कम्युनिस्टका मुखपत्रमा अफवाहहरू प्रवाह गरिए । त्यो अफवाहलाई चिर्न म आपैmँ पनि पत्रकारितामा संलग्न भएँ ।

०५६ सालको निर्वाचनअघि नै १८ वटा सार्वजनिक अपराधका मुद्दा कम्युनिस्टले लगाएका थिए । सयौं दिन प्रहरीको कस्टडीमा बसियो ठाउँठाउँका झडपमा भुवन प्रसाद श्रेष्ठको नेतृत्वमा प्रितम केसी, कविकृष्ण आमत्य, विष्णुप्रसाद बलाल, झवी मरासिनी, मीनप्रसाद श्रेष्ठ, बाबुकाजी श्रेष्ठ, विष्णु गिरी, नवराज श्रेष्ठ, बद्री श्रेष्ठ, आनन्द श्रेष्ठ, श्रीप्रसाद भलामी लगायतका मैले अहिले कतिपय नाम बिर्सिए साथीहरू सहभागी हुन्थ्यौं । झडपपछि धेरै साथीलाई केही हुँदैनथ्यो तर मलाई भने तार्जेर नै गरेर मुद्दा हालिन्थ्यो । मैले यी कुरा गर्दा पछिल्लो समय पार्टीमा नेता भएका साथीहरूलाई मन्थन गरिएको कथा लाग्न सक्छ । जयप्रताप मल्ललाई बाँधेर ल्याएको थाह पाएपछि छुटाउँदा होस, धुर्कोटमा मसालले आक्रमण गर्दा होस् या रेसुंगा क्याम्पसलगायत विभिन्न ठाउँको भिडन्तमा सार्वजनिक मुद्दामा प्रहरीको कस्टडीमा बसियो । ०५६ सालको निर्वाचन निर्वाचनमा दर्लाम चौरमा भएको विशाल आमसभामा मैले बोल्ने समयमा चारै तर्फबाट ढुंगा वर्षाइएपछि एमालेका उम्मेदवार गोकर्ण विष्टका भाइ गगन विष्ट घाइते भए । यही निहुँमा मलगायत पदम कुँवर, नविन जिसी, अशोक ज्ञवाली, मेघनाथ अर्यालमाथि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरियो । पदम कुँवर, नविन जिसी र म ७५ दिन तमघास कारागारमा बस्यौँ ।

ज्यान मुद्दा अलवा मैले सार्वजनिक अपराधका १८ वटा मुद्दा बेहोरेँ । आर्थिक अवस्था तवाह भयो । धेरै ऋण लाग्यो । मैले त दुःख पाएँ पाएँ, बुढी भइसक्नुभएकी आमाले पनि ठूलो दुःख पाउनुभयो, ज्यादै धेरै मानिसक तनाव बेर्होनुभयो । ०५९ सालमा नेविसंघको जिल्ला अध्यक्ष पद हस्तान्तरण गरेपछि केन्द्रीय समितिमा भूमिका पाउँछु होला भन्ने आशा थियो । नेताहरूबाट त्यो आश्वासन पाएको पनि हो । साथीहरूको पनि चर्को दबाब थियो । तर के भएर हो कुन्नी भूमिका पाइनँ । जिल्ला तहमा खटेको खटै छु । केन्द्रीय तहमा पनि पत्रकारितामार्फत जतिजक्दो योगदान गरेकै छु ।

अहिलेसम्म त कांग्रेस पार्टीले नै संघर्ष बेहोरिरहेका बेला म तृणमूलको सिपाहीले के अपेक्षा गर्नु र ? भनेर चित्त बुझाउँदै आएको हो । अब चित्त बुझाउने ठाउँ पनि नेताहरूले नदिने हुनु कि भन्ने लागिसक्यो । आगामी मंसिर ४ गते हुने निर्वाचनमा वर्तमान सत्ता गठबन्धनमा समेल दलहरूबीच तालमेल गर्ने निर्णय भइसकेको छ । यो सहमतिपत्रमा हाम्रा सभापति शेरबहादुर देउवाले पनि हस्ताक्षर गरिसक्नुभएको छ । अब तालमेल हुने नै भयो । तर तालमेल के का लागि ? भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर यदि पाउन सकिएन भने विद्रोहबाहेक अर्को विकल्प छैन ।

नेपाली कांग्रेसको एकल बहुमत आउने संभावना निमिट्यान्न पार्नका लागि तालमेल हुने हो भने विद्रोहबाहेक कांग्रेसलाई जोगाउन अर्को अस्त्र छैन । यदि ०४८ सालदेखि निरन्तर चुनाव लड्दै र लाभ लिँदै आएका नेताहरूको व्यक्तिगत स्वार्थलाई निरन्तरता दिनका लागि तालमेल हुने हो भने विद्रोह अपिरहार्य छ । मेरो व्यक्तिगत सवालको कुरा के हो भने यसपटक नेपाली कांग्रेसले मैदान खाली गरेर कम्युनिस्टलाई मतदान गर्ने गल्ती गर्नु हुँदैन । हाम्रो मत रुख चिन्हमा हाल्न पाउनुपर्छ । जिल्लाभर पाँच सय मत नहुनेलाई मतदान गर्नु भनेको कसैका लागि आफ्नो स्वाभिमान बिक्री गर्नु हो भन्ने मेरो ठम्याइ छ ।

प्रतिक्रिया