काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को प्रवासको संगठन प्रवासी नेपाली एकता मञ्च प्रवास समन्वय कमिटीले सदस्यहरूको जिम्मेवारी बॉडफाड गरेको छ । एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा प्रवास समन्वय कमिटीका संयोजक प्रसादशाहको अध्यक्षता पार्टीका महासचिव डा बेदुराम भुसालको प्रमुख आतिथ्यमा भर्चुअल अनलाइन मार्फत भएको बैठकले सचिवालय गठन तथा जिम्मेवारी तोकेको हो ।
बैठकले श्रीप्रसाद शाहको संयोजकत्वमा १६ सदस्यीय सचिवालयको गठन गरेको छ । सचिवालयमा सुवास पोखरेल(जर्मनी), भीम कार्की(अमेरिका), राजकुमार बस्नेत(अस्ट्रेलिया), ध्रुव सुवेदी(अस्ट्रेलिया), रामहरी गैरे(कतार) तथा सागर रिजाल (जापान) रहेका छन् ।
त्यसैगरी सचिवालयका अन्य सदस्यहरूमा शेरबहादुर परियार(पोल्याण्ड), टीबी कार्की(कतार), भानुभक्त पोखरेल (नेपाल), सीता खरेल(अमेरिका), शुभराज बमजन(दक्षिण कोरिया), दोर्ण सिलवाल(जापान), उमेश मोक्तान(बेलायत), बाला घिमीरे(अमेरिका), गणेश कुँवर(अमेरिका) रहेका छन् ।
त्यसैगरी बैठकले बिभिन्न ११ विभागहरूको समेत गठन गरेको छ । जस अनुसार सुवास पोखरेल स्कुल विभाग, ध्रुव सुवेदी संगठन विभाग, शेरबहादुर परियार प्रचार विभाग, टीबी कार्की आर्थिक विभाग, सीता खरेल महिला विभाग, गणेश कुँवर पर्यटन विभाग, दोर्ण सिलवाल संघ संस्था समन्वय विभाग, बाला घिमिरे समाज कल्याण तथा विपत व्यवस्थापन विभाग, राजु मानन्धर युवा तथा खेलकुद विभाग, शुसिल क्षेत्री कला तथा संस्कृति विभाग,श्रम तथा रोजगार विभाग राजु गुरुङ प्रमुख तथा सबै विभागका ७ सदस्यीय रहेका समिति गठन गरेको छ ।
त्यसैगरी बैठकले नरेश श्रेष्ठ (कतार) संयोजक तथा कृष्ण खड्का(जापान),चेतनाथ भट्टराई (अमेरिका),मोहम्मद मुख्तदा मुसलमान(कतार),भरत पन्त(अमेरिका) सदस्य रहेको सल्लाहकार परिषद गठन गरेको छ । त्यसैगरी चेतनाथ घिमिरे (अमेरिका) संयोजक तथा राजेन्द्र भट्टराई ( जापान), पदम गिरी( कतार) सदस्य रहेको अनुशासन आयोग र हरि लामिछाने(अष्ट्रेलिया) संयोजक तथा दिनेश राज ज्ञवाली(जापान), सतिश रेग्मी(कतार) सदस्य रहेको लेखा आयोग गठन गरेको छ ।
बैठकलाई सम्बोधन गर्दे महासचिव डा भुसालले केपी ओलीले लोकतन्त्र र संविधान माथि हमला गरेका कारणले
विद्रोह गर्नु परेकाे बताए । ओलीले नेपाली जनताले धेरै संघर्ष र मेहनत गरेर बनाएको संविधान च्यात्ने, भारतीय जासुसलाई बालुवाटारमै बोलाएर बामपन्थीको लगभग दुई तिहाइ संख्या रहेको संसद् विघटनको दृश्य अदृश्य चलखेल तथा राजावादीको व्यवस्था नै उल्ट्याउने साँठगाँठका बिरूद्ध हामी सडकमा आउनु पर्ने अनिवार्य बाध्यता भएको बताए ।
लोकतन्त्र तथा गणतन्त्रको विरुद्धका र पक्षधरताको बीचको लडाइ नै आजको मुख्य अन्तरविरोध हो तसर्थ
आगामी निर्वाचनबाट हाम्रो पार्टी एकीकृत समाजवादीले आफ्नो दर्बिलो हैसियत प्राप्त गर्नु अनिवार्य छ । पार्टी आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको तयारीमा होमिएको छ तसर्थ प्रवासमा रहेका समाजवादी आन्दोलनका तपाई यात्रीहरूको सल्लाह, सुझाव र सहयोगको पार्टीले अपेक्षा गरेको महासचिव डा भुसालले बताए ।
प्रतिक्रिया