सानिमा बैंकले ल्यायो ‘तीजको कोसेली’

काठमाडौं । सानिमा बैंकले हरितालिका तीजको अवसरमा सम्पूर्ण नारीहरुका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सानिमा नारी बचत खाता खोल्ने ग्राहकहरुलाई डेविट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ्ग, एनसेल सिम कार्ड, यूएसडी इ–कार्ड (पहिलो टपअप) निःशुल्क जारी गरिनेछ। साथै, लकर शुल्कमा ७५ प्रतिशत छुट प्राप्त गर्न सक्ने बैंकद्वारा सोमबार जारी एक प्रेस विज्ञप्तिमा जनाइएको छ ।

यसैगरी पहिलो पीओएस कारोबारमा दस प्रतिशत वा अधिकतम रू. ५०० सम्मको क्यासब्याक प्राप्त गर्न सकिनेछ । यो योजना २०७९ भाद्र १ देखि भाद्र १५ गतेसम्म लागू हुनेछ । साथै, क्यासब्याक योजना २०७९ भाद्र मसान्तसम्म लागू हुनेछ । सानिमा बैंकको देशभर १२७ वटा कार्यालय तथा १२० वटा एटिएम संचालनमा रहेका छन् ।

प्रतिक्रिया