राष्ट्रपति भण्डारी पोखरामा, भाेलि फर्कने

गण्डकी । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आइपुगेकी छन् । मङ्गलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी बुद्ध एयरको जहाजमार्फत पोखरा आइपुगेकी हुन् ।

पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा उच्च पदस्थ सरकारी अधिकारीले स्वागत गरेका थिए ।

राष्ट्रपति भण्डारी पोखराको विरौटास्थित होटेल पोखरा ग्रान्डमा बस्ने भएकी छन् । उनी मंगलबार बिहान ८ः३० बजे पोखरास्थित विन्ध्यवासिनी मन्दिरको दर्शन गरी ११ बजे विन्ध्वासिनी मावि बाटुलेचौरको हिरक जयन्तीमा सहभागी हुने कास्कीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जानकारी दिए ।

उनका अनुसार राष्ट्रपति भण्डारी मङ्गलबार नै दिउँसो तमुधीमा ट्रहोटे पर्वको कार्यक्रममा सहभागी भइ काठमाडौं फर्कने कार्यक्रम रहेको छ । राष्ट्रपति भण्डारीको पोखरा भ्रमणलाई लक्षित गरी यहाँको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।

प्रतिक्रिया