एक सातादेखि हराइरहेका दावा शेर्पा जीवितै भेटिए : उद्धार गरी काठमाडौं ल्याइयो

काठमाडौं । सगरमाथा आधार शिविर क्षेत्रमा एक सातादेखि हराइरहेका पर्यटन श्रमिक दावा शेर्पा (हिलारी) जीवितै भेटिएपछि हेलिकोप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ ।

खुम्बु आइसफल क्षेत्रबाट उद्धार गरिएका शेर्पालाई प्रारम्भिक उपचारपछि हेलिकोप्टरमार्फत काठमाडौंको ह्याम्स अस्पताल ल्याइएको हो । हिउँले हातखुट्टा प्रभावित भएको अवस्थामा भेटिएका उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको हो ।

एक सातासम्म हराएपछि जीवितै उद्धार भई काठमाडौं ल्याइएको घटनालाई पर्वतारोहण क्षेत्रका व्यक्तिहरूले चमत्कारपूर्ण उद्धारका रूपमा लिएका छन् ।– तस्विर नेपाल फोटो लाइब्रेरी

प्रतिक्रिया