मध्ययुगीन साहित्यमा प्रेमको चित्रण

मिलन आफन्त

यौन सम्बन्धको औचित्य अथवा अनौचित्य निर्धारित गर्ने नयाँ नैतिक कसौटी देखापर्दछ । यस्तो यौन–सम्बन्ध वैवाहिक सम्बन्धभित्र पर्छ वा पर्दैन भन्ने मात्र नभएर यस्तो सम्बन्ध पारस्पिरिक प्रेमको आधारमा स्थापित भएको हो वा होइन भन्ने प्रश्न पनि सोधिन्छ । स्पष्ट कुरा छ, सामान्ती अथवा बुर्जुवा जगतमा अन्य नैतिक नियमहरूको भन्दा यस नयाँ नियमको स्थिति राम्रो हुन सकेको छैन, अर्थात यस नियमको पनि बेवास्ता नै गरिएको छ । परन्तु यस नियमप्रति अन्य नियमहरू प्रति भन्दा खराब दृष्टिकोण पनि छैन ।

मध्ययुगसम्म व्यक्तिगत यौन–प्रेमजस्तो कुनै कुरा अस्तित्वमा थिएन । त्यसै बेला पनि शारीरिक सौन्दर्य, मैत्रीपूर्ण सम्बन्ध, समान रुची आदि कुराले पुरुष र नारीमा एक अर्काेसित सम्भोग गर्ने इच्छा पैदा गर्दथ्यो, कोसित आत्मीय सम्बन्ध स्थापना गरिन्छ भन्ने कुरा पनि पुरुष र नारी दुबैको लागि महत्वहीन थिएन । तर, त्यस बेलाको प्रेम र आधुनिक यौन प्रेमको बीचमा आकाश जमिनको अन्तर छ । सम्पूर्ण प्राचीन कालमा दुलाहा–दुलहीका आमाबुवाले नै विवाह सम्झौता गरिदिन्थे र दुलहा–दुलाहीचाहिँ चुपचापसँग यो कुरा स्वीकार गर्दथे । प्राचीन कालमा पतिपत्नीको बीचमा जुन किञ्चित प्रेम पाइन्थ्यो त्यो मनोगत भावना नभएर बस्तुगत कर्तव्य थियो, विवाहको आधार नभएको त्यसको पुरक थियो । आधुनिक अर्थको प्रेम सम्बन्ध प्राचीनकालमा समाजको औपचारिक परिधिबाहिर मात्रा पाइन्थ्यो ।

ती गोठालाहरू, जसको प्रेमसम्बन्धी हर्ष र विष्मात थेवत्रितस र मोस्खुस अथवा लोङ्गुसले आफ्नो ‘डाफिनस र क्लोए’मा वर्णन गरेका छन्, दासहरू मात्र थिए, राजकाज तथा स्वतन्त्र नागरिकहरूको कार्यक्षेत्रमा उनीहरूको सहभागिता हुँदैन थियो । दासहरूको बीचमा पाइने प्रेम सम्बन्धहरू बाहेक यस्ता सम्बन्धहरू मरणोन्मुख प्राचीन संसारको पतनको प्रतिफलको रूपमा मात्र भेट्टाइन्थे र त्यो पनि त्यस्ता नारीहरूबीच मात्र, जो अधिकृत समाजको परिधि बाहिर हुन्थे । भनाइको तात्पर्य विदेशी नारीहरूसित वा स्वतन्त्र नारिहरूसित मात्र । योे कुरा एथेन्समा युनानी राज्यको पतनको समयमा र रोममा सम्राटहरूको राज्यकालमा पाइथ्यो । यदि स्वतन्त्र नागरिकहरूमा पुरुष नारीबीच साच्चै यस्ता प्रेम सम्बन्धहरू देखिन्थे भने केवल विवाह बन्धनको उल्लंघनको रूपमा मात्रै । प्राचीनकालका विख्यात प्रेम कवि बयोवृद्ध आनाक्रेआनलाई नै लिनोस्, आधुनिक अर्थमा यौन–प्रेम उनको लागि कति महत्वहीन थियो भने प्रेम गरिएको व्यक्ति पुरुष हो वा नारी भन्नेसम्म पनि उनलाई वास्ता हँुदैनथ्यो ।

आधुनिक यौन प्रेम प्राचीनकालको यौन आकर्षणभन्दा धेरै फरक छ । सबैभन्दा पहिले त, आधुनिक यौन–प्रेमले पारस्परिक प्रेमको रूप लिएको हुन्छ र यस दृष्टिकाणले नारीको स्थिति पनि पुरुषकै समान हुन्छ, तर प्राचीनकालमा भने सधैँ नारीको सहमति आवश्यक हुँदैनथ्यो । दोस्रो कुरा, यौन प्रेम कति तीव्र र कति स्थायी हुन सक्दछ भने एक दोस्रालाई नपाउनु अथवा एक दोस्रोबाट टाढा रहनु नारी–पुरुष दुबैको लागि सबभन्दा ठुलो नभए तापनि धेरै ठुलो दुर्भाग्य मानिन्छ । एक दोस्रोलाई पाउनको लागि उनीहरू भयंकर खतराको सामना गर्दछ, आफ्नो जीवनलाई जोखिममा पार्न समेत हिच्किचाउँदैनन् तर प्राचीनकालमा चाहिँ विवाह–सम्बन्धको उल्लंघन गरेर जोडिने प्रेम–सम्बन्धमा मात्र यस्तो कुरा हुने गथ्र्यो ।


यौन सम्बन्धको औचित्य अथवा अनौचित्य निर्धारित गर्ने नयाँ नैतिक कसौटी देखापर्दछ । यस्तो यौन–सम्बन्ध वैवाहिक सम्बन्धभित्र पर्छ वा पर्दैन भन्ने मात्र नभएर यस्तो सम्बन्ध पारस्पिरिक प्रेमको आधारमा स्थापित भएको हो वा होइन भन्ने प्रश्न पनि सोधिन्छ । स्पष्ट कुरा छ, सामन्ती अथवा बुर्जुवा जगतमा अन्य नैतिक नियमहरूको भन्दा यस नयाँ नियमको स्थिति राम्रो हुन सकेको छैन, अर्थात यस नियमको पनि बेवास्ता नै गरिएको छ । परन्तु यस नियमप्रति अन्य नियमहरू प्रति भन्दा खराब दृष्टिकोण पनि छैन । अरू नियमहरू जस्तै यस नियमले पनि सिद्धान्तमा, कागजमा मन्यता पाएको छ । फेरि हाललाई यसभन्दा बढी आशा पनि पर्न सकिँदैन ।

जुन बिन्दुमा प्राचीन विश्वमा यौन–प्रेमका प्रारम्भिक लक्षणहरू देखापरेका थिए, त्यहीँबाट मध्ययुगको निषिद्ध यौन संसर्ग सुरु हुन्छ । हामीले प्रभातको गीतजस्ता काव्यहरूमा उल्लिखित नाइटहरूको प्रेमबारे वर्णन गरिसकेका छौँ । विवाह परिपाटीलाई नष्ट पार्न सक्ने यो प्रेम तथा विवाह सम्बन्धको आधार बन्नुपर्ने प्रेमको बीचमा निकै ठुलो खाडल छ र नाइटहरूको प्रेमको समयमा यो खाडल कहिल्यै पुरिएन । उच्छृंखल ल्याटिन जातिहरूलाई छोडेर सदाचारी जर्मनहरूलाई नै लिने हो भने पनि हामी ‘निवेलुङहरूको गीत’ काब्यमा के पाउँदछौँ भने क्रिमहिल्ड मनमनै जिगफ्रिडलाई त्यतिकै प्रेम गर्दथिन्, जति उनी आफँै तिनलाई प्रेम गर्दथे, तापनि जब गुन्थरले तिनको विवाह एक नाइटसित गरिदिने वचन दिइसकेका छन् भन्ने कुरा क्रिमफिल्डलाई बताउदँछन् र त्यस नाइटको नामसम्म पनि बताउँदैनन्, क्रिमहिल्डले मात्र निम्न उत्तर दिन्छिन्, ‘हजुरले मलाई सोधिबक्सने आवश्यकता छैन, हजुर जस्तो हुकुम बक्सिन्छ म सधँै त्यही गर्छु । सरकारले जसलाई छानिबक्सिन्छ म सहर्ष उसैलाई आफ्नो पति स्वीकार गर्नेछु ।’


तिनको प्रेमले कुनै महत्व पाउन सक्दछ भन्ने कुरा क्रिमफिल्ड कल्पनासम्म पनि गर्न सक्दिनन् । गुन्थरले ब्रुनहिल्डलाई देखेकासम्म पनि थिएनन्, तैपनि उनीसित गुन्थरको विवाह – सम्झौता हुन्छ र यस्तै किसिमले एटलेज पनि मुखै नदेखि क्रिमहिल्डसित विवाह गर्न तयार हुन्छिन् । ‘गुडरुन’ नामक काब्यमा पनि यस्तै हुन्छ ।

यस काब्यमा आयरल्यान्डका जीगेबान्ट नर्वेवासी उटेसित विवाह गर्न चाहन्छन् हेगेलिङ्गका हेटेल आयरल्याण्डकी हिल्डेजसित विवाह गर्न चाहन्छन् । अन्त्यमा मोरल्याडेली जिगफ्रिड, ओर्मनीका हार्टमुट र जील्यान्डका हेरविग, तिनै जना गुडरुनसित विवाह गर्न चाहन्छन् । यहाँ केवल गुडरुनले मात्र स्वेच्छापूर्वक हेरविगलाई आफ्नो भावी पतिको रूपमा छान्छिन् । समान्यतयः प्रत्येक युवा रजौटाको लागि आमाबावुले नै दुलही खोज्दछन् । आमाबाबु जीवित छैनन् भने रजौटा आफैँले मुख्य मुख्य भारदारहरूको रायअनुसार आफ्नो लागि दुलही रोज्दछन् । सब कुरामा भारदारहरूको रायको निकै कदर गरिन्छ । अन्यथा हुन पनि सक्दैन । नाइट अथवा ब्यारोनको लागि स्वयं सत्तारूढ रजौटाको लागि पनि विवाह एक राजनीतिक कार्य हो, नयाँ नयाँ सम्बन्धद्वारा आफ्नो शक्ति बनाउने मौका हो, कुलको हितले नै निर्णायक भूमिका खेल्नुपर्दछ, तर व्यक्तिगत इच्छाले कदापि होइन । यस्तो स्थितिमा कसरी प्रेमको आधारमा विवाह–सम्बन्ध जोड्न सकिन्छ ? (फ्रिडरिख एङ्गेल्स ‘परिवार, निजी स्वामित्व तथा राज्यको उत्पति’ बाट)

प्रतिक्रिया