पहिरोले एस्काभेटर पुर्दा चालकको मृत्यु

सुर्खेत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–३ मा पर्ने झुम खोलामा पहिराले एस्काभेटर पुरेको छ । जिँउ–जुफाल जोड्ने सडक निर्माण गर्ने क्रममा आइतबार बिहान एस्काभेटर पहिरोले पुर्दा चालकको घटनास्थलमै मृत्यु भएको छ।

मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका–१९ राँजा बस्ने ३० वर्षीय सुरज बसाल मगर रहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ ।

मेसिनमा च्यापिएको शव निकालेर पोस्टमार्टमका लागि सदरमुकाम दुनै लैजाने तयारी गरिएको चौकीका प्रहरी नायव निरीक्षक रुद्रबहादुर शाहीले बताए ।

प्रतिक्रिया