प्राश्नाको आवाजमा बेलायतबाट ‘माइती आँगन’ (भिडियो)

काठमाडौं । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजलाई लक्षित गर्दै बेलायतबाट ‘माइती आँगन’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

गायिका प्राश्ना शाक्यको स्वर तथा सुनिल मास्केको संगीत रहेको उक्त गीतमा मन्जु खनालको शब्द सिर्जना रहेको छ । जसमा प्रदीप श्रेष्ठको एरेन्ज छ । किशोर थापाको मिक्सिङ, भरत रेग्मीको कलरिङ रहेको गीतको भिडियो निर्देशन कुशल श्रेष्ठले गरेका हुन् ।

आधुनिकशैलीका गीतमा बढी रमाएका निर्देशक श्रेष्ठ बेलायतका सर्वाधिक व्यस्त निर्देशक तथा कुशल सञ्चारकर्मी हुन् । काव्या श्रेष्ठको सहनिर्देशन रहेको भिडियोमा छायांकन र सम्पादन पनि निर्देशक श्रेष्ठकै रहेको छ ।

भिडियोमा स्थानीय कलाकारहरु आस्था जोशी, रोश्ना कार्की, दीपिका श्रेष्ठ, नीरु कोइराला, रीमा कँडेल, अमिका महत, शिक्षा पौडेल, विनीता थापा, विनी खनाल, प्रतिमा पाण्डे, मेरिना थापा र दीपक थापा मैथाने मगरले अभिनय गरेका छन् ।

प्रतिक्रिया