मधेस सरकारद्वारा आन्दोलन घोषणा

मधेश प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साह

जनकपुरधाम । मधेस सरकारले प्रहरी समायोजन नभएको भन्दै आन्दोलन घोषणा गरेको छ । केन्द्र सरकार प्रहरी समायोजनका लागि गम्भीर नेदखिएको भन्दै मधेस सरकारले शनिबार पहिलो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।

मधेस सरकारका गृह तथा संचारमन्त्री भरत साहले शनिवार पत्रकार सम्मेलन गरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । पहिलो चरणको आन्दोलनका कार्यक्रम अन्तर्गत मधेश सरकारले साउन २९ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म प्रदेश प्रमुखको कार्यालयमा धर्ना दिने छ ।

मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा हुने धर्नामा मधेस सरकारका मन्त्रीहरु, प्रदेशसभा सदस्यहरु, नागरिक समाजका अगुवा लगायतका व्यक्तिहरुको सहभागिता रह्ने गृमन्त्री साहले जानकारी दिए ।

मन्त्री साहले संघीयता नरूचाउनेहरूको घेरामा संघीय सरकार रहेको आरोप लगाए । गत साता प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रहरी समायोजनका लागि ७ दिने अल्टिमेटम सहित बुझाएको ध्यानाकर्षणको पहल नभएपछि मधेस सरकारले आन्दोलनकोे कार्यक्रम सार्वजनिक गरेको हो ।

पहिलो चरणको आन्दोलनबाट पनि प्रदेश सरकारले प्रहरी समायोजन लगायतका अधिकारको विषयमा गम्भीरता नदेखाए संघ सरकारबिरुद्ध दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने मन्त्री शाहले बताए ।

प्रतिक्रिया