नर्सरीका विरुवाको अनुसन्धानमा समाज विकास कृषि फर्म

कालिकोट । खाँडाचक्र नगरपालिका– ६ मोल्फा बजारमा विभिन्न तरकारी तथा नर्सरीका विरुवाहरुको अनुसन्धानमा कृर्षि फर्म लागेको छ ।

मोल्फास्थित समाज विकास कृषि फर्मले कालिकोट जिल्लामा अन्य जिल्लाको डाटा अनुसार तरकारी तथा फलफूल खेति गर्ने गरेको पाइएकाले यस पटक आफ्नो कृषि फर्मले अनुसन्धान गरी कालिकोटको वास्तविक टाडा पत्ता लगाउने विकास शाहीले बताए ।

परम्परागत खेति गर्ने चलन बढ्दो रहेकाले यस जिल्लामा पहिलो पटक विभिन्न तरकारी तथा नर्सरीका विरुवाहरुको अनुसन्धानमा लागेको सञ्चालक शाहीको भनाइ छ । उनले यो सिजनमा २ सय २८ विरुवा टमाटर रोपेका छन् । एक बोटमा कति फल्छ अहिलेसम्म कालिकोटमा एकिन छैन ।

यस पटकको टमाटर खेतिमा उनले बास्तविक टाडा पत्ता लगाउन दिनरात खटिएका छन् । ६ लाख २२ हजार ३ सयको लगानीमा उनले यो सिजनमा टमाटर खेति मात्र गरिरहेका छन् । जसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय प्रर्वद्धन प्रशिक्षण केन्द्र कर्णाली प्रदेशबाट ३ लाख सहयोग रहेको शाहीले बताए ।

समाज विकास कृषि फर्मले नर्सरीका सम्पूर्ण विरुवा उत्पादन गर्ने, टनेल बनाउने उद्योग, तकारी तथा फलफूलका बोटविरुवाहरु उत्पादन गरी विक्री वितरण गर्ने र आवश्यक सल्लाह दिने लक्ष रहेको उनको भनाई छ । उनले विगत लामो सयमदेखि नर्सरीका विरुवा तथा तरकारी र फलफूलका क्षेत्रमा काम गदै आएका छन् ।

यस पटक भने कालिकोट जिल्लामा कुन बोटमा कति फल्छ भन्ने अनुसन्धानमा लागि रहेको शाहीले बताए । २ सय २८ बोट टमाटरबाट उनले एक सिजनमा १ लाख २७ हजार कमाउने लक्ष्य राखेका छन् । उनले यो सिजनमा लगाएको टमाटर बिक्री गर्न ९० दिनदेखि १ सय ३० दिनसम्म लाग्ने बताए ।

कालिकोट जिल्लामा रहेका अन्य कृषि फर्महरुले अहिलेसम्म बास्तविक टाडा पत्ता लगाउने अभियानतिर लागेको पाइँदैन । तर, समाज विकास कृषि फर्मले नयाँ आयाम थालेको छ । सरोकारवालाहरुको सहयोग पाउने आशमा आफू रहेको फर्म सञ्चालक शाहीले बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया