रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक कार्यक्रम

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले बार्षिक कार्यक्रम सम्पन्न गरेको छ । रिलायन्स लाइफको देशभरका क्षेत्रीय प्रमुख , एरिया प्रबन्धक,शाखा प्रबन्धक सहित कम्पनीको सिनियर मेनेजमेन्ट टिमको बीचमा सम्पन्न भएको हो ।

कम्पनीको आगामी १ बर्षभित्र गनपर्ने कामहरु, कम्पनीको व्यापारिक धारणा, बिभिन्न जिल्लाबाट आएका शाखा प्रमुख , क्षेत्रीय प्रमुख तथा एरिया प्रबन्धकबाट आएका सुझाव र कम्पनीले आगामी दिनमा बीमाको दायरालाई फराकिलो बनाउदै रिलायन्स लाइफ इन्स्योरेन्सको बजार बिस्तार कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा छलफल एवं अन्र्तक्रिया भएको पनि विज्ञप्तिमा उल्लेख छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेलले स्वागत गर्दै कम्पनीको लागि उच्च व्यवसायिक बिचार र लक्ष्य बोकेर एकै उदेश्यका लागि एकै ठाउँमा भेला भई आगामी बर्षको योजनामा गहन छलफल र सझाव कम्पनीको आगामी व्ययसायिक रणनीतिको लागि एक कोषेढुंगा हुने बताए । कम्पनीका सहायक प्रमुख कार्यकारी अधिकृत निराजन कडेलले कम्पनीको आगामी व्यवसायिक रणनीति र बिगत बर्षको व्यवसायिक समीक्षा गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया