‘रियलमी नार्जो ५०ए प्राइम’ नेपाली बजारमा

काठमाडौं । स्मार्टफोन कम्पनी रियलमीले नार्जो सिरिजको रियलमी नार्जो ५०ए प्राइम नेपाली बजारमा सार्वजनिक गरेको छ । उक्त स्मार्टफोनले यसका प्रयोगकर्ताहरूलाई अत्याधुनिक प्रविधिको अनुभव प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार उक्त सिरिजमा अल्ट्रा–स्लीक डिजाइन, शक्तिशाली प्रोसेसर, ५ हजार एमएएच ब्याट्री र एआई–सक्षम क्यामेरा राखिएको छ । नेपाली बजारमा सार्वजनीक भएको उक्त मोबाइलमा ६.६ एफएचडी डिस्प्लेका साथै ५० मेगापिक्सेलको क्यामेरा रहेकोले प्रयोगकर्ताहरूलाई स्मार्टफोनको सेग्मेन्टमा उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ ।

८.१ एमएमको अल्ट्रा स्लिम स्मार्टफोनको तौल १९२.५ ग्राम रहेको छ। शक्तिशाली ब्याट्री भएकाले स्ट्यान्डबाइ मोडमा ३९ दिनसम्म ब्याट्री ब्याक अप प्रदान गर्नुका साथै फिंगरप्रिन्ट सेन्सर भएकोले प्रयोगकर्ताको निजी जानकारी सुरक्षित राख्न मद्दत गर्ने कम्पनीले जानकारी दिएको छ । उक्त स्मार्ट फोन प्राइम फ्ल्यास ब्लू (निलो) रङमा पाइन्छ भने यसको मूल्य २१ हजार ७ सय ९९ रुपैयाँ कायम गरिएको छ । जसमा ४ जिबी र्‍यामका साथै १२८ जिबी रोम क्षमता रहेको छ । नेपाली बजारमा उक्त स्मार्टफोन सोमबारदेखि उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया