भिभो वाई १५ सी बजारमा

काठमाडौ । भिभोले वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन भिभो वाई १५ सी नेपाली बजारमा सार्वजनिक गरेको छ । वाई १५ सी को लन्चसँगै, भिभोले युवाहरूलाई प्रचूर विशेषता भएको स्मार्टफोन र विभिन्न मूल्य दायरामा अर्थपूर्ण नवीनता प्रदान गर्ने आफ्नो दृष्टिकोणलाई अगाडि बढाएको पनि जाएको छ ।


सिमलेस अनुभव सुनिश्चित गर्नका लागि वाई १५ सी मा ६.५१ इन्चको हेलो फुलभ्यू डिस्प्लेसहित आई प्रोटेक्सन समावेश गरिएको छ । युवा प्रयोगकर्ताको जीवनशैलीसंग मिल्ने र दिनभरी निर्बोध रुपमा चलिरहने शक्तिशाली ह्यान्डसेट चाहने युवा र ‘अन द गो’ उपभोक्ताको जीवनशैली अनुरूप वाई १५ सी लाई डिजाइन गरिएको पनि विज्ञप्तिमा उल्लेख छ ।

वाई १५ सी मा १३ एमपी एआई डुअल क्यामेरा र २ एमपी सुपर क्याक्रो क्यामेरा सेटअप रहेको छ । उत्कृष्ट सेल्फीहरुका लागि यसमा ८ एमपी फ्रन्ट क्यामेरा छ । वाई १५ सी ले दैनिक सुटिङ अनुभवलाई सहज बनाउन फेस ब्यूटी, फोटो, भिडियो, लाइभ फोटो, टाइम–ल्याप्स, पानोरामा, र प्रो मोड प्रस्तुत गर्ने पनि विज्ञप्तिमा उल्ल्ेख छ । वाई १५सी ३ जीवी र्याम र ३२ जीवी रोममा यस्को मुल्य १७ हजार ९ सय ९९ रुपैया रहेको छ ।

प्रतिक्रिया