सानिमा बैंकको शैक्षिक छात्रवृत्तिको आवेदन

काठमाडौ । सानिमा बैंकले उच्च माध्यमिक तह (प्लस टु) अध्ययन गर्नका लागि काठमाडौं उपत्यका बाहिरका शाखाहरूबाट छात्रवृत्ति आवेदन खुला गरेको छ । उक्त छात्रवृत्ति अन्तर्गत बैंकले शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवृत्ति दुई हजार रुपैयाँ प्रति महिना गरी विद्यार्थीलाई ५० हजार रुपैयाँ सम्मको छात्रवृत्ति प्रदान गर्ने बताएको छ ।

उक्त छात्रवृत्तिमा भदौ ३१ सम्म आवेदन दिन सकिनेछ । संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रहरूमा विपन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न बैंकले कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ । सोही अनुरुप बैंकले काठमाडौं उपत्यका बाहिरका प्रत्येक शाखाबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाइको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको पनि जनाएको छ । बैंकले देशका सातै प्रदेशमा १२७ वटा कार्यालय तथा १२० वटा एटिएममार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया