महालेखापरीक्षक टंकमणि शर्मा (दङ्गाल)ले सबै लेखापरीक्षकहरु नियमनकारी निकायका सदस्य भएकाले सबैले आफैलाई स्वनियमन गर्नुपर्ने बताएका छन् । अडान दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै शर्माले यस्तो बताएका हुन् ।
सो कार्यक्रममा नेपालउद्योग बाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले प्रकाश पारेका थिए। कार्यक्रममा अडानका अध्यक्ष केदारनाथ पौडेलले सबै सदस्यहरुको हकहित र चुनौतिका सम्बन्धमा संस्था प्रतिबद्ध रहेको बताए। ।
“अडान डे” को अवसरमा नै उपत्यका समन्वय समितिले आयोजना गरेको रक्तदानमा झण्ड ै१००जनाले रक्तदान गरेका थिए। शुक्रबारै मुलुकभरका जिल्ला तथा प्रदेश समितिहरुले अन्तरक्रिया, सेमिनार, गोष्ठी, रचनात्मक सामाजिक उतरदायित्वका क्रियाकलाप रक्तदान, बृद्घहरुलाई खानाखुवाउने, असहायहरुलाई कपडा बितरण, फलफुल, स्टेशनरी बितरण गरि अडानको १७औं स्थापनादिवस मनाइएको थियो।
कार्यक्रममा , नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका उपाध्यक्ष सुजनकुमार काफ्ले, नेपालउद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल चेम्बरअफ कमर्सका उपाध्यक्ष दिपककुमार मल्होत्रा, नेपाल घरेलु तथा सानाउद्योग महासंघ अध्यक्षश्री उमेशप्रसाद सिंह,आन्तरिक राजश्वविभागका उपमहानिर्देशक अजुर्न प्रसाद भट्टराई, अडानका निवर्तमान अध्यक्षमोहनराज रेग्मी, संस्थापकअध्यक्ष कमल खरेल लगायतले शुभकामना दिएका थिए।
प्रतिक्रिया