‘परदेशी– २’ को गीत सार्वजनिक (भिडियाे)

काठमाडौं । नेपाली कथानक चलचित्र ‘परदेशी– २’ को गीत सार्वजनिक गरिएको छ । रमेश पौडेलको शब्द रहेको ‘के वर मागी फक्र्यौ’ बोलको गीतमा नारायण रायमाझीको संगीत र निशान भट्टराईको स्वर छ । रोमान्टिक गीतको भिडियोमा चलचित्रका मसख्य कलाकार प्रकाश सपुत र केकी अधिकारी फिचर्ड छन् । ‘के वर मागी फक्र्यौ’ रिमेक गीत हो ।

दसैंको अवसर पारेर असोज १४ गते रिलिज हुने ‘परदेशी–२’लाई नारायण रायमाझीले निर्देशन गरेका छन् । प्रकाश र केकीसँगै चलचित्रमा दिलीप रायमाझी, वर्षा सिवाकोटी, प्रशान्त तामाङ लगायतले अभिनय गरेका छन् । चलचित्रको कथा रमेश बीजीले लेखेका छन् ।

प्रतिक्रिया