काठमाडौ उपत्यकामा सिटिजन्स बैंकको थप ३ शाखा

काठमाडाैं । विगत डेढ दशकदेखीअनवरत रूपले सर्वसुलभ र सुरक्षित बैंकिंङ सेवा पु¥याँउदैै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १७८औं, १७९औं तथा १८०औं शाखा भक्तपुरको सूर्यविनायक, काठमाडाैंको धुम्बराही र ललितपुरको थसिखेल गरी थप ३ वटा शाखाहरु संचालनमा ल्याएको छ ।

यससँगै काठमाडौं उपत्यकाभित्र यस बैंकको ३५ वटा शाखाहरु र वाग्मती प्रदेशमा ४९ वटा शाखाहरु संचालनमा रहेका छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृतश्री गणेशराज पोखरेले प्रुडेन्ट बैंकिङ्ग र सुशासनमा कुनै सम्झैता नगरी काम गर्न सम्पूर्ण कर्मचारीहरुलाई बैंकमा आयोजित नयाँ शाखाहरु आरम्भ समारोहमा बताए ।

सुविधा सम्पन्न यस शाखाहरुमार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवाप्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खातायोजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमाग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

प्रतिक्रिया