
कालिकोट । २०५३ सालमा स्थापना भएको स्थानीय गैरसरकारी संस्था मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालको विर्षिक समिक्षा गोष्ठी मंगलबार सुरु भएको छ ।
पूर्वाधार निर्माणका योजनादेखि सामाजिक कार्यमा बहस पैरवी गरि सक्रिय भूमिका खेल्दै आएको हुरेन्डेक–नेपाल, कालिकोटको वार्षिक प्रगति समिक्षामा विशेष बहस र छलफल समेत गरिएको छ । मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालका अध्यक्ष जजराज शाहीको अध्यक्षतामा वार्षिक प्रगति समिक्षा गोष्ठीको उद्घाटन गरिएको हो ।
विभिन्न दातृ निकायसँगको समन्वय तथा आर्थिक सहयोगमा हुरेन्डेक नेपाल कालिकोटबाट सञ्चालित विभिन्न कार्यक्रमहरुको समिक्षा गरिने हुरेन्डेक नेपालका कोषाध्यक्ष दिलिपकुमार शाहीले बताए ।
विभिन्न कार्यक्रमका संयोजक, लेखा संयोजक तथा अन्य कर्मचारी र उपस्थित सबैलाई कोषाध्यक्ष शाहीले स्वागत मन्तब्य राख्दै हुरेन्डेक नेपाल कालिकोटले विभिन्न क्षेत्रमा काम गर्दै आएको र आगामी दिनमा अझै अगाडि बढाउनुमा सबैको भूमिका र कर्तव्य रहेकाले सबैले जिम्मेवारी नभुलेर लाग्न आग्रह गरे ।
उक्त संस्थाले कालिकोट जिल्लाका स्थानीय तहमा विगत लामो समयदेखि काम गर्दै आएको छ । कर्णाली प्रदेशका १० वटै जिल्ला, सुदूरपश्चिम प्रदेशका सबै जिल्ला र लुम्बिनी प्रदेशका केही जिल्लामा विकासी योजनाका काम गरिरहेको हुरेन्डेक नेपालका कार्यक्रम निर्देशक भरतमणि सुवेदीले जानकारी दिए ।
विश्व खाद्य कार्यक्रमअन्तर्गत (क्याप्स कर्णाली) परियोजनाले कालिकोटका पलाँता गाउँपालिका र पचालझरना गाउँपालिकामा जलवायु परिवर्तन, जिविकोपार्जन सुधार, सिँचाई, जलविद्युत, पूर्वाधारका क्षेत्रमा काम गर्दै आएको कार्यक्रम संयोजक नरेन्द्र शाहीले बताए ।
मर्सिकोरअन्तर्गत भकारी कार्यक्रमले कालिकोटका महावै गाउँपालिका, तिलागुफा नगरपालिका, खाँडाचक्र नगरपालिका, शुभकालिका गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा विपद्को क्षेत्र, कृषि क्षेत्र, आपतकालिन राहत तथा उद्धार, सिँचाई तथा खानेपानीको क्षेत्रमा काम गर्दै आएको मर्सिकोर नेपालका जिल्ला संयोजक शुक्रराज पौडेले जानकारी दिए ।
टिडिएच विएम जेड जर्मनी अन्र्तगत शुलभ परियोजनाले कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ३, ५, ६ मा जैविक विविधता, वातावरण संरक्षण, कृषिका क्षेत्रमा काम गर्दै आएको शुलभ परियोजनाका जिल्ला संयोजक गोपालसिंह कार्कीले बताए ।

रेडपान्डा नेटवर्कअन्तर्गत पश्चिम नेपालमा समुदायमा आधारीत रेडपान्डा संरक्षण कार्यक्रमले कालिकोटका महावै गाउँपालिका, तिलागुफा नगरपालिका, शुभकालिका गाउँपालिकामा रेडपान्डा संरक्षण तथा वातावरण संरक्षणका क्षेत्रमा काम गर्दै आएको कार्यक्रम संयोजक दिनेश घलेले बताए ।
हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालअन्तर्गत एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमले कालिकोट जिल्लाका खाँडाचक्र नगरपालिका, रास्कोट नगरपालिका, नरहरीनाथ गाउँपालिका, शुभकालिका गाउँपालिकामा खानेपानी तथा सरफाईका क्षेत्रमा काम गर्दै आएको कार्यक्रम संयोजक नरेश दर्जिले बताए ।
प्लान इन्टरनेशनल नेपालअन्तर्गत छिटो विवाह, बालविवाह, जबरजस्ती विवाह न्यूनिकरण परियोजना र नेतृत्व र निर्णय कार्यक्रमले कालिकोटका रास्कोट नगरपालिका, सान्नीत्रिवेणी गाउँपालिका र नरहरीनाथ गाउँपालिकामा बालविवाह, छिटो विवाह तथा जबरजस्ती विवाह न्यूनिकरण, बालबालिका, किशोर–किशोरी,म हिलाको क्षेत्र र विद्यालय बाहिर रहेका बालबालिकाहरुलाई विद्यालय जान प्रेरित गर्नेजस्ता काम गरिरहेको कार्यक्रम अधिकृत डम्बर बोहोराले बताए ।
मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपालका अध्यक्ष जजराज शाहीले कर्णाली प्रदेश भौतिक विकास मन्त्रालयअन्तर्गत कर्णाली प्रदेश का १० वटै जिल्लामा झोलुङ्गे पुलका क्षेत्रमा काम गदैँ आएको बताउँदै विभिन्न जिल्लाहरुमा राहत तथा उद्धारका काम गरेको जानकारी दिए ।
विभिन्न कार्यक्रममा रहेका कर्मचारीहरुले महत्वपूर्ण भूमिका खेलेको बताउँदै कार्यक्रम सफल पार्न सबैले अझै सकरात्मक र सामाजिक सेवाको रुपमा लाग्न कर्मचारीहरुलाई उनले अनुरोध गरे । हालसम्म कालिकोट जिल्लामा सञ्चालित विभिन्न कार्यक्रमहरुले यस जिल्लामा सन्तोषजनक कार्य गरेको हुरेन्डेक नेपाल कालिकोटका उपाध्यक्ष विरेन्द्र बहादुर बुढाले बताए ।
बुढाका अनुसार कालिकोटमा विभिन्न दातृ निकायको सहयोगमा सञ्चालित परियोजनाबाट स्थानीय नागरिकहरुले अपेक्षा गरेकोभन्दा बढी विकास र परिवर्तन छ । हुरेन्डेक नेपाल कालिकोटले हालसम्म गरेका विभिन्न कामहरुको समिक्षा गर्दै आगामी दिनमा गरिने कामहरुको बारेमा विशेष छलफल समेत गरिनेछ । कार्यक्रममा विभिन्न परियोजनाका कर्मचारीहरु, बोर्ड सदस्य खडानन्द अधिकारी लगायत अन्य बोर्ड सदस्यहरुको उपस्थित थियो ।

कालिकाेट
प्रतिक्रिया