चितवन । पूर्वी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्सा बजारबाट भन्सार छलेर ल्याएको ४२० बोरा चिनी बरामद भएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार ५० किलोका ती बोरा पराजुली खाद्य उद्योग अगाडि रोकी राखेको लु २ ख १०३२ नम्बरको ट्रकबाट बरामद गरिएको हो ।
रु १८ लाख ६९ हजार बराबरको चिनी बरामद गरिएको कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए । बरामद गरिएको चिनी, ट्रक र चालकलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको उनले जानकारी दिए ।
प्रतिक्रिया