ट्वीटरले खर्च गर्यो ३३ मिलियन डलर

न्युयोर्क । ट्वटीरले अप्रिल र जुनको बीचमा सामाजिक सञ्जाल किन्ने एलन मस्कको प्रस्तावित सम्झौतामा ३३ मिलियन (तीन करोड ३० लाख डलर) अमेरिकी डलर खर्च गरेको जनाएको छ । टेस्लाका मालिक मस्कले हालै ट्वीटरसँगको सम्झौता परिवर्तन गर्ने इच्छा देखाएका थिए ।
तर, ट्वीटर भने पूर्ववत सम्झौताअनुसार अगाडि बढ्न चाहन्छ । तसर्थ, दुई पक्षबीच मतभेद बढ्दा यो विषय अदालतसम्म पुगेको छ । सन् २०२२ को अप्रिलदेखि जुनसम्म सक्रीय प्रयोगकर्ताको संख्या दुई सय ३७ मिलियन पुगेको तर, दुई सय ७० मिलियन नै कुल घाटा भएको कम्पनीले जनाएको छ ।

मस्क सम्झौताबाट पछि हट्दा एक अर्ब डलर टर्मिनेसन शुल्कको जोखिम रहेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । फर्मले स्पाम र नक्कली खाताहरूको विषयमा आफ्नो अडान कायमै राखेको छ । सोही विषयलाई लिएर मस्क सम्झौताबाट पछाडि हटेका थिए ।

प्रतिक्रिया