पाकिस्तानमाथि भारतकाे मिसाइल प्रहार

काठमाडौँ । भारतले पाकिस्तानमाथि मिसाइल आक्रमण गरेको छ । गत अप्रिलमा आतंककारीहरूले काश्मिरमा २६ जनाकाे हत्या गरेको घटनालाई लिएर भारतले पाकिस्तानमाथि हमला गरेको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार पाकिस्तान नियन्त्रित काश्मिर र अन्य भूभागमा भारतले मिसाइल प्रहार गरेको छ । यसलाई अपरेसन सिन्दूर नाम दिइएको छ ।

पाकिस्तानले भारतबाट तीन मिसाइलहरू प्रहार भएको बताएको छ भने चाँडै यसको जवाफ दिने प्रतिबद्धता पनि जनाएको छ । भारतले भने आक्रमणको प्रकृतिबारे उल्लेख गरेको छैन । भारतीय सञ्चारमाध्यमले पाकिस्तानका ९ वटा आतंकवादी अड्डा भारतले ध्वस्त पारेको बताइरहेका छन् । आक्रमणमा भएको हताहतिकाे यकिन विवरण आइसकेको छैन ।

प्रतिक्रिया