बेमौसमी तरकारी खेतिबाट प्रशस्त आम्दानी गर्दै बिर्ख

कालिकोट । कालिकोट जिल्लामा अधिकांश कृषकहरुलाई आम्दानीको मुख्य श्रोत भनेको तरकारी खेती बनेको छ । शुभकालिका गाउँपालिका– ५ स्थित बिर्खबहादुर शाही तरकारी खेतिमा विगत लामो समयदेखि काम गर्दै आएका छन् । विगतका दिनमा भारत गएर घर खर्च जोहो गर्ने बिर्ख हाल आफ्नै गाउँमा कृषि खेती गरिरहेका छन् ।

आफूलाई चाहिने खर्चको जोहो र बालबालिकाको पढाई खर्च पनि उनी तरकारी खेतिबाटै गर्छन् । उनको घरमा एक आमा, बिर्खकी श्रीमती, १ छोरी र २ छोरा गरि जम्मा ६ जना सदस्यहरु छन् । विगतका दिनमा उनको घरमा ३ महिना पनि खान लाउन र छोराछोरीलाई विद्यालयमा पठनपाठन गराउन हम्य–हम्य हुन्थ्यो ।

बिर्ख शाही आफ्नो घर खर्च र बालबालिकाको पालन पोषणका लागि छिमेकी देश भारतमा गएर कमाई गरि जिविकोपार्जन चलाउँथे । उनको खेतियोग्य जमिन पनी थोरै थियो । शुभकालिका गाउँपालिका– ५ मा टिडिएच, बिएम जेडको आर्थिक सहयोग र मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटको सहजिकरणमा ग्रामीण हिमाली क्षेत्रमा दिगो जिविकोपार्जन तथा जैविक विविधता शुलभ कार्यक्रम सञ्चालन हुँदा उनले सहयोग पाएका थिए ।

शुलभ परियोजना १ जुलाई २०२० देखि हालसम्म कार्यक्रम सञ्चालन भइरहेको छ । हुरेन्डेक, नेपालको सहजिकरणमा सामाजिक परिचालक सिर्जना शाहीले अर्गानीक तरकारी तथा फलफूल कृषक समूह गठन गर्दा बिर्ख पनि सदस्य बने । उक्त समूहका सम्पूर्ण सदस्यले समुदायस्तरमा परम्परागत रुपमा तरकारी खेती गर्दै आएका थिए ।

आधुनिक किसिमको तरकारी खेती गर्न थालेपछि जसमध्ये यस पटकमा घेरै मेहनत गरि तरकारी फलाउनेमा बिर्ख बहादुर शाही भए । उनको तरकारी खेतिमा धेरै किराहरु र रोग लाग्ने , बारम्बार औषधि गर्नुपर्ने चुनौती त छँदै थियो । तर, गाउँमा तरकारी उत्पादन कम हुने अवस्था पनि तेतिकै छ ।

गाउँमा हरियो तरकारी कम खरिद गर्ने चलन विधिवतै छ । गाउँमा उत्पादन भएको तरकारी खेतिमा विभिन्न किसिमका रोगहरु लाग्ने, तरकारी जगाउनै गाह्रो हुने अवस्था आएपछि टिडिएच,बिएम जेडको आर्थिक सहयोग र हुरेन्डेक नेपालको सहजिकरणमा वेमौसमी तरकारी उत्पादन गर्न शाहीलाई पलाष्टिक घर, तरकारीको विउ सहयोग भएको उनले बताए ।

बिर्ख बहादुरले आफ्नो खेतबारीमा पलाष्टिक घर निर्माण गरि प्रशस्त मात्रामा फर्सी, टमाटर, काँक्रा र बाहीर खेतमा बन्दा तथा सिमी खेती गरेर हाल प्रशस्त मात्रमा तरकारीहरु फलाएका छन् । बिर्ख बहादुरले बारीमा उत्पादन गरेको टमाटर ५० किलो प्रति केजी रु १ सयको दर, फर्सी १ क्वीन्टल प्रतिकिलो रु ७०, काँक्रा २ क्वीन्टल प्रतिकिलो रु ६०, बन्दा ४ क्वीन्टल प्रतिकिलो रु ५० र सिमी २५ हरियो दाम्रा प्रतिकिलो रु ५० का दरले नजिकको बजार र संकलन केन्द्रमा बिक्री गरेको बताए । उनले यो सिजनमा मात्र ४३ हजार आम्दानी गरेका छन् । आफ्नो खेतबारीमा तरकारी प्रशस्त मात्रमा उत्पादन भएको कारण घरपरिवारमा खुसीको उमंग छाएको उनले बताए । उनका घरका साना बालबालिका बाहेक अरु सबै परिवारहरु बिहानैदेखि साँझसम्म तरकारी खेती गोडमेलमै व्यस्त छन् । घरपरिवारलाई तरकारी किनेर खानुपर्ने अवस्थाबाट मुक्त भएको उनको भनाइ छ । मानव स्वास्थ्यमा सुधार आउनाको साथै तरकारी बेचेर आयस्तरमा वृद्धि भएको छ ।
तरकारी खेतिले गर्दा हाल भारतमा गएर ज्याला मजदूर गर्ने अवस्था हटेको उनको भनाइ छ । आफ्ना खेतबारीमा प्रशस्त मात्रमा तरकारी उत्पादन बाटै छोराछोरी स्कुलमा पढाउनेदेखि घर खर्च पनि टार्न सजिलो भएको बिर्खले बताए । सहयोगी संस्थालाई आफ्नो पहिलाको नाजुक अवस्थाभन्दा अहिलेको परिवर्तनको अवस्थासम्ममा पुर्याई सहयोग गर्ने टिडिएच, बिएम जेड र हुरेन्डेक नेपाललाई हृदयदेखि धन्यवाद प्रटक गर्दै आभारी रहेको उनको भनाई छ । तरकारी खेतीतिर हाल शुभकालिका गाउँपालिकाका अधिकांश नागरिकहरु पनि लागिपरेका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया