टिका र सन्तुको आवाजमा तीज गीत ‘साँच्चै राम्री छु र !’ (भिडियाे)

काठमाडौं । लोकगायक सन्तु थापा र गायिका टिका पुनको युगल आवाजमा ‘साँच्चै राम्री छु र’ बोलको तीज गीत बजारमा आएको छ ।

सर्जक खेम सेञ्चुरीको संगीत, नेत्र अर्यालको शब्द रहेको उक्त गीतको भिडियो सन्तु थापा नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ । सन्तोष गुरुङको निर्देशनमा तयार भएको भिडियोलाई नवराज उप्रेतीले छायांकन गरेका हुन् ।

उक्त गीतको भिडियोमा नवीन लामा, सन्तोष गुरुङ, पुनम श्रेष्ठ, सदीक्षा थापा लगायतले अभिनय गरेका छन् । भिडियोको सम्पादन पदम सुवेदीले गरेका छन् ।

आउँदै गरेको हिन्दू महिलाहरुको महान् पर्व हरितालीका तीजको अवसर पारेर उक्त मौलिक गीत ल्याएको गायक थापाले बताए । थापाले यसभन्दा अघि पनि विभिन्न गीत पस्कँदै आएका छन् भने सांगीतिक कार्यक्रमको लागि धेरै देशहरुमा पुगिसकेका छन् ।

प्रतिक्रिया