‘प्रकाश’को ट्रेलर सार्वजनिक (भिडिओ)

काठमाडौं । नायक प्रदीप खड्काको अभिनय रहेको चलचित्र ‘प्रकाश’को ट्रेलर सार्वजनिक भएको छ । आज मंगलबार युट्युबमा ट्रेलर सार्वजनिक गरिएको हो। फिल्ममा मुख्य पात्रको भूमिकामा रहेका प्रदीप खड्काले शिक्षक बन्नको लागि संघर्ष गरेको देखाइएको छ ।

दिनेश राउतको निर्देशन गरेको फिल्ममा प्रदीपसँगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायत कलाकारको अभिनय छ। फिल्मको कथा विकास सुवेदीले तयार पारेका हुन् । यो फिल्म भदौ १० गतेदेखि प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया