विष्णु खत्रीको ‘बिग्रेकी केटी’ मा प्रितिको रोमान्स (भिडियाे)

काठमाडौं । लोकदोहोरी गायक विष्णु खत्रीले हिन्दू महिलाहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर ‘बिग्रेकी केटी’ बोलको तीज गीत ल्याएका छन् ।

उक्त गीतमा शब्द रचना र संगीत गायक खत्रीकै छ भने लोकगायिका प्रिती आलेको एकल आवाज रहेको छ । गायक खत्रीले आफ्नो जन्मदिनको अवसरमा सोमबार उक्त गीत ल्याएको बुझ्नमा आएको छ । गीतको भिडियोमा गायिका प्रितीले नै अभिनय गरेकी छन् ।

उनको साथमा हास्य कलाकर हरिष निरौलाले पनि अभिनय गरेका छन् । उक्त भिडियोमा प्रिती कुनै समय ‘बिग्रेकी केटी’ कै दृश्यमा हुन्छिन् भने कुनै समय सज्जन महिलाको पहिरन लगाएर अभिनय गरेकी हुन्छिन् ।

भिडियो निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका हुन् भने करण चैसिरको छायांकन रहेको छ । प्रविण भट्टले सम्पादन गरेको गीतको भिडियो विष्णु खत्रीले आफ्नै नामको युट्युब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

गायक खत्री यसभन्दा अघिदेखि जनचेतनामूलक र मौलिक लोकदोहोरी गीतका सर्जक र गायकको रुपमा परिचि हुँदै आएका छन् ।

प्रतिक्रिया