काठमाडौं । लोकगायक पशुपति शर्मा र गायिका रेनुका भट्टराईको आवाजमा ‘कति नक्कल पार्न मन लाको होला’ बोलको गीत सार्वजनिक भएको छ ।
उक्त गीतमा गायक शर्माकै शब्द रचना र संगीत रहेको छ भने विनो बाजुरालीले संगीत संयोजन गरेका छन् । मौलिक शब्दहरुमा प्रेमिकल जोडीहरुको मायाप्रेमको विषयवस्तु दर्शाईएको उक्त गीतको अडियो र भिडियो दुवै उत्कृष्ट बनेको गायक शर्माले जिकिर गरे ।
त्यस्तै गीतको भिडियोमा निर्देशक प्रकाश भट्टको निर्देशन तथा अजय रेग्मीले छायांकन गरेका हुन् । उक्त भिडियोमा आर्यन घिमिरे र रक्षा भट्टराईले नृत्य गरेका छन् । विष्णु शर्माले सम्पादन गरेका भिडियो गायक शर्माको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
प्रतिक्रिया