काठमाडौं । तिज गीत ‘चट्ट कलम रेलीमै ३ ढल्के बरै मुनी’ सार्वजनिक भएको छ । शोभाकर संगीतको शब्द र संगीत रहेको गीत र भिडियो ‘एड फिल्मस्’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
विश्वास नेपालको एरेन्ज रहेको उक्त गीतमा शोभाकर संगीत र चिजा तामाङले आवाज दिएका छन् । मालाश्री स्टुडियोमा रेकर्ड गरिएको एरेन्जर विश्वास नेपालले बताए । त्यस्तै गीतको भिडियोमा काजिश श्रेष्ठले निर्देशन गरेका छन् भने राजेश घिमिरेले छायांकन गरेका हुन् ।
दिपक विष्टले सम्पादन गरेको उक्त भिडियोमा अस्मिता रानपल, शितल पाण्डे, सन्तोष शर्मा र विश्वास नेपालले अभिनय गरेका छन् । हिन्दू नारीहरुको महान् पर्व तिजको अवसर पारेर बजारमा ल्याएको गीतमा मौलिक शब्द समावेश गरिएको विश्वासले बताए ।
प्रतिक्रिया