काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा आज जारी मतदानमा फेरि विवाद उत्पन्न भएको छ । विवाद उत्पन्न भएपछि प्रहरीले हवाई फायर समेत गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराले बुढीगंगा नगरपालिका– ९ अन्तर्गत त्रिशक्ति मावि मतदान केन्द्रमा दुई पक्षका एजेन्टबीच झगडा भएपछि विवाद उत्पन्न भएको जनाएको छ । सो विवाद बढेपछि प्रहरीले हवाई फायर गरेको बताइएको छ ।
अहिले स्थिति नियन्त्रणमा आएपछि मतदान पुनः सूचारु भएको प्रहरीले जनाएको छ । आजको निर्वाचनमा बुढीगंगा नगरपालिकामा १० वटा बुथमा १९ मतदान केन्द्रको व्यवस्था गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
यसअघि वैशाख ३० गते भएको निर्वाचनमा विवाद भएर मतदान रद्द भएको थियो । त्यहाँ नगरप्रमुख पदमा नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ उम्मेदवार छन् ।
प्रतिक्रिया