रामेछापमा बस दुर्घटना, कम्तिमा ९ जनाको मृत्यु

काठमाडौं । रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ ।

रामेछापको सुनापति गाउँपालिका– २ हिलेदेविबाट काठमाडौं जाँदै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुबाहक बस लुभुघाट नजिकै दुर्घटना हुँदा ९ जनाको घटननास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष छन् । मृतकहरुको पहिचान नखुलको र पहिचान खुलाउने प्रयास भइरहेको स्थानीय प्रसाशसनले जनाएको छ । बस दुर्घटनमा लोड गरी ल्याइएको केही खसीबोकाहरु पनि मरेका छन् ।

बसमा करिब ३० जना यात्रुलाई सवार थिए । २४ जना घाइतेलाई धुलिखेल अस्पताल ल्याइएको प्रशासनले जनाएको छ । घाइतेको उद्धारको लागि त्यसतर्फ हेलिकप्टर पठाउने तयारी भइरहेको बताइएको छ। ।

प्रतिक्रिया