‘सिंहदरबार झ्यालैमा ऐना’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । ‘सिंहदरबार झ्यालैमा ऐना’ नामक गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा गायक कृष्ण काफ्ले र गायिका ईन्दिरा भट्टराईले आवाज दिएका छन् ।

गीतको शब्द भने मोहन थापाले रचना गरेका हुन् भने संगीत कृष्ण थापाको रहेको छ । त्यस्तै, उक्त गीतको भिडियोमा बबिता श्रेष्ठको निर्देशन रहनुका साथै देवेन्द्र पाण्डेको नृत्य निर्देशन छ ।

करण चैसिरले भिडियो खिचेका हुन् । उक्त गीतको भिडियोमा अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री उषा उप्रेतीले अभिनय गरेका छन् ।

मीन रावलले भिडियोको सम्पादन गरेका हुन् । प्रियसी म्युजिकको युट्युब च्यानलमार्फत उक्त गीतको भिडियो सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया