ट्याक्टरको उद्धारमा गएको डोजर आफैं फसेपछि…

सुर्खेत । जाजरकोट बारेकोट गाउँपालिका– २ र ५ को बीचमा रहेको घाट बजारस्थित नलगाड नदीमा पुल नहुँदा नदीबाट ट्याक्टर तार्न खोज्दा नदीमै फसेको छ ।

सो ट्याक्टर निकाल्न आइतबार गएको डोजर समेत नदीमै फस्दा समस्या भएको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए ।

लगातार पानी परिरहेकाले डोजर र ट्याक्टर निकाल्न समस्य भएको हो । नदीमा पानी कम भएको बेला यसरी ट्याक्टर वारपार गरानु सामान्य जस्तै हो । तर, पानीको सतह बढेका कारण अहिले समस्या भएको छ ।

प्रतिक्रिया