अस्पातलको बस दुर्घटना : एकको मृत्यु, ३५ घाइते

काभ्रे । काभ्रेको बनेपा ११ अपाङ्ग बाल अस्पतालको स्टाफ बोकेको बस दुर्घटना भएको छ । अपाङ्ग बाल अस्पतालका कर्मचारी बोकेको बा१ क५७४७ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरी खतिवडाले बताए ।

उनले अन्य ३५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको बताएका छन् । मृत्यु हुनेमा अस्पतालमा कार्यरत ४५ वर्षीय लेख कुमारी बस्नेत रहेको बताएका छन् । बसले मोरसाइकललाई साइड दिँदा बसले दिएको साइडको ठाउँ भासिएको र बस रोड छेउको रुखमा अड्किएकोले ठूलो क्षति हुनबाट जोगिएको बताइएको छ ।

प्रतिक्रिया