राप्रपा नेपाल कर्णाली प्रदेश अध्यक्षमा श्रेष्ठ

सुर्खेत । राप्रपा नेपाल कर्णाली प्रदेशको अध्यक्षको जिम्मेवारी ईश्वर श्रेष्ठले पाएका छन् । सुर्खेतमा जारी कर्णाली प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाको क्रममा प्रदेश अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई प्रदान गरिएको हो ।
पार्टीका अध्यक्ष कमल थापाले श्रेष्ठलाई जिम्मेवारी दिदै बधाई सहित शुभकामना दिएका छन् । जिम्मेवारी प्राप्त जोशि हाल केन्द्रिय सदस्यको भुमिकामा थिए ।
उनी नेपाली सेनाबाट सेवा निबृत्त भएपछी राजनीतिमा संलग्न थिए भने पहिला पनि जिल्ला र प्रदेश समितिमा बसि जिम्मेवारी बहन गरिसकेका छन् । प्रदेश अध्यक्षको जिम्मेवारी पाए पछि श्रेष्ठले कर्णाली प्रदेश भौगोलिक रुपमा दुर्गम भएता पनि त्यो चुनौतीलाई पार गर्दै राप्रपा नेपालको बलियो संगठन निर्माण गर्न आफुले कुनै कसर बाँकि नराख्ने प्रतिबद्धता ब्यक्त गरे ।

प्रतिक्रिया