बागमतीमा कांग्रेस र माओवादीको धावा, हस्ताक्षर बटुलियो

काठमाडौं । एकीकृत समाजावादीको नेतृत्वमा रहेको बागमती प्रदेश सरकारमा सत्तासीन घटक नेपाली कांग्रेस र माओवादी केन्द्रबाट नै धावा बोल्ने प्रयास भएको छ ।

विगतमा भएको सहमतिका आधारमा आफूले सरकारको नेतृत्व पाउनुपर्ने भन्दै कांग्रेस नेतृत्वमा हस्ताक्षर संकलन सुरु भएको छ । यस विषयमा केन्द्रको तर्फबाट कुनै निर्देशन नआएको भन्दै दुवै पार्टीको हसताक्षर संकलन गरेर सो कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँंले राखेको सेतले बतायो ।

हालसम्म कांग्रेस र माओवादीका सांसदहरुले हस्ताक्षर गरेका छन् । सरकारमा सहभागि मन्त्रीहरुले भने त्यसमा हस्ताक्षर गरेका छैनन् । १ सय ७ सांसद रहेको सो सभामा कांग्रेसका २२ र माओवादी केन्द्रका २३ सांसद छन् ।

एमालेका दुई सांसद केशव स्थापित र विजय सुवेदीको स्थान रिक्त भएकोले अहिले बागमती प्रदेशमा १ सय ५ सांसद छन् । त्यसमा सभामुखको मत गणना नगर्दा १ सय ४ हुन आँउछ । जसका लागि ५३ सांसद भए समान्य बहुमत पुग्दछ ।

विवेकशील साझाका ३ मत, नेपाल मजदूर किसान पार्टीका २ मत, राप्रपाका २ मत हस्ताक्षरकर्ताले प्राप्त गरेको खण्डमा ५२ हुन्छ । प्रमुख प्रतिपक्ष एमाले तटस्थ बसेको खण्डमा हस्ताक्षरकर्ताको बहुमतका लागि १ सांसद अपुग हुन्छ ।

सो प्रदेश सभामा एमालेका ३९ सांसद छन् भने नेकपा एकीकृत समाजवादी केन्द्रका १३ सांसद छन् । माओवादी केन्द्रका एक सांसदले सौर्य अनलाईनसँग भने, ‘हस्ताक्षर जम्मा गरिएको छ। कसरी अगाडि बढ्ने भन्नेमा केन्द्रबाट निर्देशन आएपछि निर्णय हुन्छ ।’

प्रतिक्रिया