आइएमई पे एपमा क्यासब्याक अफर

काठमाडौं । आइएमई पे ले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीका निम्ती रोचक अफर ल्याएको छ । आइएमई पे एपको ‘प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ’ अफर अन्तर्गत असार १० देखि सो एपबाट एन.एल.आइ.सि.को बीमा किस्ता भुक्तानीमा ग्राहकले सो मूल्यको शुन्य दशमलव ५ प्रतिशत क्यासब्याक पाउनेछन । साथै हरेक दिन १ बिजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्न मिल्ने व्यवस्था मिलाइएको पनि कम्पनीले जनाएको छ । हालसम्म नेपालको २३ वटा बीमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल भएको उल्लेख छ ।

प्रतिक्रिया