कालिकोटमा मनाइयो १९औँ राष्ट्रिय धान दिवस

कालिकोट । कालिकोटमा १९औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रम गरि मनाइयको छ । यस वर्ष ‘धान बालि जैविक विविधता उपयोग, आयात प्रतिस्ठापनमा सहयोग’ भन्ने मुल नाराका साथ राष्ट्रिय धान दिवस मनाइएको हो ।

दिवसको अवसरमा कालिकोटको मान्मलगायत जिल्लाका ९ वटै स्थानीय तह तथा जिल्लाका ८२ वटा वडामा रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको थियो ।

वि. सं २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तराष्ट्रिय धान वर्ष घोषणा गरेपछि नेपालमा वि. सं २०६१ मंसिर २९ गतेको मन्त्रीस्तरीय निर्णय अनुसार विसं २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन सुरु गरिएको जिल्ला कृषि विकास कार्यालय कालिकोटका बागवानि अधिकृत चन्द्रबहादु शाहीले बताए ।

जिल्ला कृषि विकास कार्यालय कालिकोट, खाँडाचक्र नगरपालिका कृषि शाखाको आयोजना, मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटद्वारा सञ्चालित भकारी परियोजनाको समन्वयमा मान्मको ताडीमा रोपाइँ कार्यक्रम गरिएको हो ।

रोपाइँमा खाँडाचक्र नगरपालिकाका नगरप्रमुख कमलबहादुर शाही र कालिकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले धान रोपेर धान रोपाइँको शुभारम्भ गरेका थिए । केही रोपाहार र बाउसे तथा स्थानीय सर्वसाधारणले हिलो खेलेर धान दिवस भोयरुपमा मनाए ।

आजको दिनलाई चिउरा खाने तथा रोपाइँ महोत्सवको अवसरमा लिने गरेकाले पहिले जस्तै नगरपालिकाले यस वर्ष पनि दिवस खुसीका साथ मनाएको खाँडाचक्र नगरपालिका कृषि शाखा प्रमुख प्रशुराम काफ्लेले बताए ।

कार्यक्रममा सहगाभी नगरप्रमुख शाहीले धान खेती एउटा महत्वपूर्ण खेती भएकाले यसलाई कृषि विज्ञको सल्लाह बमोजिम खेती गर्नुपर्ने भन्दै अबका दिनमा आफ्नो नगरपालिकामा धानमा आत्मनिर्भर हुने बताए । उनले किसानको जिविकोपार्जन हुने किसिमका कार्यक्रम सञ्चालन गर्ने पनि बताए ।

कार्यक्रममा कालिकोटका प्रमुख जिल्ला अधिकारी रामहरी शर्माले नेपाल एउटा कृषिप्रदान देश भएकाले अहिलेसम्म विदेशी कृषि वस्तुहरु नेपालमा भित्रिनु एउटा दुःखद भन्दै कर्णालीको मार्सिधानको नेपालभर चर्चा भएकाले यसको वृद्धि–विकास र धानमा आत्मनिर्भरको लागि केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार गरी तीनै तहका सरकारहरु जिम्मेवार भएर लाग्नुपर्ने बताए ।

कालिकोटमा अहिलेसम्म २० प्रतिशत रोपाइँ सकिएको र साउन पहिलो हप्तासम्म पुरै रोपाइँ सकिने अनुमान गरीएको जिल्ला कृषि विकास कार्यालय कालिकोटका बागवानि अधिकृत चन्द्रबहादु शाहीले जानकारी दिए ।

आज कालिकोटको ताडिमा भएको धान दिवस तथा रोपाइँ महोत्सवमा खाँडाचक्र नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत देवेन्द्र श्रेष्ठ, पशु अस्पताल तथा पशु सेवा कार्यालय कालिकोटका प्रमुख लक्ष्मिप्रसाद अधिकारी, कालिकोटका प्रहरी प्रमुख सिद्धराज न्यौपाने, जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर रत्नबिर सुनार, कृषि विकास कार्यालयका रमाकान्त खनाल, भकारी परियोजनाका प्रतिनिधिहरु, नेपाल पत्रकार महासंघ कालिकोटका सचिव खडानन्द अधिकारी लगायत जिल्लास्थित सरोकारवालाहरुको सहभागीता रहेको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया