तीन महिनादेखि हाजिर नगरि तलव

मुगु । मुगु राष्ट्रिय निकुञ्जको हुटु र यो निकुञ्जमा कार्यरत अन्य पोष्टमा कर्मचारीहरुले वैशाखदेखि हाजिर नगरि तलब खाएको पाइएको छ ।

वैशाख १ गतेदेखि नयाँ हाजिरिको प्रयोग आउने निजामती कर्मचारीको व्यवस्था भए पनि रारा राष्ट्रिय निकुञ्ज कार्यालय र यसअन्तर्गतका ६ वटा निकुञ्ज सुरक्षार्थका लागि स्थापन गरिएका पोष्टका कर्मचारीले वैशाखबाट बिना हाजिर तलव खाने गरेको पाइएको हो ।

निकुञ्ज कार्यालयले चैत महिना सकिने बित्तिकै निकुञ्ज कार्यालयको स्टोर तथा जिन्सि शाखाले नयाँ हाजिरी फाइलको व्यवस्था गरेर मातहतका सबै पोष्टमा पठाइसक्नु पर्ने भए पनि उक्त फायल तिन महिना बित्न लाग्दा समेत हाजिरी फायलको ब्यवस्था गर्न नसक्दा त्यहाँ कार्यरत कर्मचारीहरुको खातामा हाजिर नगरि तलव खाने गरेको श्रोतले जानकारी दिएको छ ।

सार्वजनीक, घर बिदा र काजमा खटिएको जानकारीसहित अन्य दिन कार्यालयमा कामकाज गरेको जानकारी हाजिर पुस्तिकामा उल्लेखित अनिवार्य हुनुपर्ने कर्मचारीहरु बताउँछन ।

मासिक हाजिरी प्रतिलिपी उतार गरि सम्बन्धित कार्यालयको प्रशासन शाखामार्फत कार्यालय प्रमुखले प्रमाणित गरि लेखा शाखाले कार्यरत कर्मचारीहरुको हाजिरी अनुसार सम्बन्धित कर्मचारीको खातामा पाउनुपर्ने मासिक पारिश्रमिक तथा अन्य सुविधाको रकम हाजिरी अनुसार पठाउने सरकारी प्रावधन भए पनि रारा राष्ट्रिय निकुञ्जले हाजिरी बिनानै वैशाखदेखि जेठसम्मको तलव कर्मचारीहरुले पाएको स्रोतले दाबी गरेको छ ।

रारा राष्ट्रिय निकुञ्ज कार्यालय र यसका मातहतका ६ वटा पोष्टमा ५५ जना दरबन्दी अनुसारका कर्मचारी कार्यरत छन् । निकुञ्ज कार्यालय हुटुबाहेक अन्य ६ पोष्टमा नयाँ वर्ष यताबाट हाजिरी गर्न पाएका छैनन् ।

कार्यलय संरक्षण अधिकृत बद्रिविनोद दाहालले दिएको जानकारी अनुसार चैत महिना सकिने बित्तिकै पहिल्यै तयारी गर्ने गरेको भए पनि पोष्टहरुमा पुरानै रजिष्टरमा गर्नु भनिएको हो । कार्यलय प्रमुख दाहालले एक हप्ता अगाडि रजिष्टर पठाएको बताए पनि रजिष्टर मंगलबार पुगेको उनको दाबी छ ।

प्रशासनिक कर्मचारी बाहेक अन्य प्राविधिक कर्मचारीले मासिक तलव र रासन भत्ता हाजिरीबिना पाएको र्कचारीले बताएका छन् । भौतिकरुपमा बिदामा रहेकाबाहेक सबै कर्मचारी खटिएका स्थानमा छन् ।

तर, कागजीरुपमा उपस्थिति नभएको जस्तो देखिएको उनिहरुले स्विकार गरे पनि वैशाखदेखि जेठसम्मको हाजिरबिनै तलव पाएको पोष्टमा कार्यरत कर्मचारीले बताएका हुन् । कर्मचारीले वैशाखदेखि नयाँ रजिष्टरमा हाजिर गरि मासिक प्रतिवेदनसहित आउनुपर्ने हो ।

प्रशासन शाखाको सिफारिसमा कार्यालय प्रमुखले प्रमाणित गरि लेखा शाखालाई मासिक तलव सम्बन्धित कर्मचारीको खातामा जम्मा गर्ने तोकअनुसार लेखा शाखाले मासिक तलवसहित अन्य सुविधाको रकम जम्मा गर्नुपर्छ ।

हाजिरी उतारको प्रतिलिपी बिनै कर्मचारीको खातामा जम्मा गर्न सम्बन्धित निकायबाट तोक भएअनुसार आफूले रकम जम्मा गर्न बाध्य भएको लेखापाल नरबहादुर डाँगीले बताए । नयाँ वर्ष सुरुवातसँगै कर्मचारीको नयाँ हाजिरी फाइल खडा हुन्छ ।

त्यसैमा कर्मचारीले आफू कार्यरत कार्यालय वा अन्य निकायमा कार्यरत दिनमा हाजिर गर्नुपर्छ । सम्बन्धित कर्मचारीको बिदा काजमा भए सोहीअनुसार पारिश्रमिक पाउछन् ।

अन्य कार्यालयमा कार्यरत कर्मचारीले अनिवार्य हाजिरी गरि उक्त हाजिरी अनुसार मासिक पारिश्रमिक पाउछन् । यद्यपि कार्यालयमै भई हाजिरी बिना मासिक तलव कर्मचारीले पाउँछ भने त्यसको जवाफदेहिता सम्बन्धित कार्यलयको प्रमुखनै हुने कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख लक्ष्मिचन्द्र हमालले बताए ।

प्रतिक्रिया