रुकुमको चुनवाङमा सिटिजन्स बैंकको शाखा रहित सेवा

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले रुकुमको भुमे गाउँपालिका –०९ चुनवाङ रुकुम पुर्व शाखा रहति बैकिग सेवा विस्तार गरेको छ । यो बैकको ९६ ओैँ शाखारहित बैंकिग सेवा हो । सो स्थानमा सेवा संचालनका लागि स्थानीय व्यवसायी भिम प्रसाद पुनलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरिएको छ ।

यस शाखा रहित बैंकिगबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानी, उपयोगी सेवाको रकम भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा उपलब्ध गराउने लक्ष्य राखेको बैके जनाएको छ । यस सेवाबाट ग्रामिण क्षेत्रमा बैंक प्रति उल्लेखिय विश्वास एंव बैंकिग सभ्यताको बिस्तार हुने अपेक्षा पनि बैंकले लिएको छ ।

बैकले यो भन्दा अघि नै कियोस्क, ई.के.वाई.सी, तथा नागरिक एप मार्फत अनलाइन खाता खोल्न सक्ने जस्ता सुबिधाको सुरुवात गरी सकेको छ । साथै बैंकका ग्राहकको बैंक सम्बन्धी जिज्ञासा तथा समस्याको छिटो भन्दा छिटो समाधान प्राप्त होस् भन्ने उद्घेश्यले ग्राहक साहायता केन्द समेत स्थापना गरिसकेको पनि विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया