बेसीशहरमा ज्योति विकास बैंक

काठमाडौ । ज्योति विकास बैंकले बेसीशहरमा शाखा विस्तार गरेको छ । शाखाको औपचारिक उदघाटन आइतबार भएको हो । बेसीशहर नगरपालिका वडा नं. ८, लम्जुग स्थित बेसीशहर शाखाको उदघाटन बेसीशहर नगरपालिकाका मेयर गुमान सिंह अर्याल र बैंकका संचालक नरेश राज आचार्यले संयुक्त रुपमा गरेका हुन ।


सो अवसरमा बैंकका विभिन्न पदाधिकारी र कर्मचारी, ग्राहकवर्ग तथा स्थानीय व्यवसायीको पनि उपस्थिति रहेको थियो । बैंकले बेसीशहर शाखाका ग्राहकको निमित्त शुन्य मौज्दातमा क्युआर कोड, निःशुल्क डलर कार्ड जारी, निःशुल्क डिम्याट खाता, निःशुल्क मेरोसेयर रजिस्ट्रेशन, निःशुल्क डेबिट कार्ड लगायत विभिन्न सुविधा प्रदान गर्ने पनि बैकले जनाएको छ ।

प्रतिक्रिया