स्थानीय तहद्वारा २०७९/८० को बजेट सार्वजनिक

काठमाडौ । मुलुकभरका स्थानीय तहले बजेट सार्वजनिक गरेका छन । अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को परिच्छेद ७ को दफा २१ को उपदफा ३ मा स्थानीय सरकारले १० असारभित्र आगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने कानुनी व्यवस्था अनुसार सबै स्थानीय तहले आर्थिक बर्ष २०७९÷८० को बजेट सार्वजनिक गरेका हुन ।

जसअनुसार काठमाडौ महानगरपालिकाले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट ल्याएको छ । उक्त बजेट चालु आवको भन्दा ७ अर्बभन्दा बढी हो । कामपाको उपप्रमुख सुनिता डङ्गोलले शुक्रबार नगरसभामा उक्त रकम बराबरको बजेट पेश गरेकी हुन ।
संचित कोषमा जम्मा हुने २२ अर्ब ३६ करोड ९५ लाख ४९ हजार रुपैयाँ र सामाजिक सुरक्षा भत्ता लगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीककरणहरु आयोजनाबाट हुने आम्दानी लगायत स्थानीय सरकारको संचित कोष बाहेक बजेटमा ३ अर्ब ५ करोड रुपैया समावेश हुनेछ ।

स्थानीय संचित कोषबाट खर्च हुने बाहेक आर्थिक विकास क्षेत्रमा ५० करोड २१ लाख विनियोजन गरिएको छ । कार्यालय संचालन तथा प्रशासनिक क्षेत्रका लागि ४ अर्ब ६८ करोड ९८ लाख रुपैयाँ छुट्याइएको छ । पूर्वाधार विकासका लागि ११ अर्ब ८ करोड ८९ लाख रुपैया छुट्याइएको छ भने सामाजिक विकास क्षेत्रका लागि १ अर्ब ६२ करोड २८ लाख रुपैयाँ बिनियोजन गरिएको छ । सुशासन तथा अन्तरसम्वन्धित क्षेत्रको विकासका लागि ४ अर्ब ४६ करोड ५८ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

त्यसैगरी ललितपुर महानगरले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयको बजेट सार्वजनिक गरकेो छ । महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि बजेट प्रस्तुत गरेका हुन् ।

वैशाख ३० मा सम्पन्न स्थानीय निवार्चपछि दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका महर्जनले नगर सभामा बजेट प्रस्तुत गरेका हुन । नगर प्रमुख महर्जनले महानगरको विकास सेवा व्यवस्थापन, सुशासन कायम राख्न मद्दत पुग्ने पनि बताए ।
स्थानीय तहको बजेट सार्वजनिक गर्ने क्रममा वीरगञ्ज महानगरपालिकाले ३ अर्ब ३३ करोडको बजेट सार्वजनिक गरेको छ ।

महानगरपालिकाले औद्योगिक तथा व्यापारिक सहर, सुसंस्कृत सभ्य हाम्रो वीरगञ्ज महानगर भन्ने नारासहित महानगरपालिकाका उपप्रमुख इत्यिाज आलमले नगरसभामा बजेट सार्वजनिक गरेका हुन । बजेटको चालुतर्फ ६२.०४ प्रतिशत र पूँजीगततर्फ ३७.९६ प्रतिशत रकम बिनियोजन गरिएको छ । चालुतर्फ दुई अर्ब छ करोड ९८ लाख ५० हजार र पूँजीगततर्फ एक अर्ब २६ करोड ६४ लाख ७५ हजार बिनियोजना गरिएको हो ।

सभालाई बजेट प्रस्तुत गर्दै उपप्रमुख आलमले आन्तरिक आयबाट ९५ करोड, सघीय सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँटबाट १ अर्ब ७० करोड ६२ लाख ५८ हजार, मधेस प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान, राजस्व बाँडफाँट र विशेष अनुदानबाट ७ करोड ९८ लाख २४ हजार, क्षेत्रीय सहरी विकास आयोजनाका लागि दातृ संस्था एशियाली विकास बैंकबाट १२ करोड ६१ लाख ८५ हजार, सडक बोर्ड नेपालबाट २ करोड, जिल्ला समन्वय समितिको कार्यालय पर्साबाट ९६ लाख, युनिसेफबाट २५ लाख स्रोत प्राप्त हुने अनुमान गरिएको जानकारी दिए । उनले अपुग हुने ४४ करोड १९ लाख ५९ हजार चालु आवको अन्त्यमा स्थानीय सञ्चिती कोषमा रहेको नगद मौज्दातबाट व्यहोरिने पनि बताए ।

त्यसैगरी विराटनगर महानगरपालिकाले ३ अर्ब ६२ करोड ५५ लाख ६७ हजारको बजेट सार्वजनिक गरेको छ । उक्त बजेटको व्ययमध्ये कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रतर्फ ५५ करोड ३५ लाख ५० हजार, पूर्वाधार विकासतर्फ एक अर्ब ८९ करोड ७१ लाख १७ हजार, आर्थिक विकासतर्फ २७ करोड ७३ लाख, सामाजिक विकासतर्फ ७८ करोड ३९ लाख, सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ७ करोड ७७ लाख र वातावरण तथा विपद् व्यवस्थापनतर्फ ३ करोड ६० लाख खर्च हुने अनुमान गरिएको छ ।

बजेटमा वडास्तरीय आयोजनामा ४१ करोड ६८ लाख १७ हजार, नगरस्तरीय आयोजनाका लागि ३० करोड, बहुवर्षीय तथा गौरवका आयोजनाका लागि २९ करोड, क्रमागत योजनाको भुक्तानीका लागि ४० करोड, आरयुडिपीबाट निर्माण भएकालगायतका कालोपत्र सडकसमेत गरी मर्मतसम्भारमा १४ करेड, अन्य पूर्वाधारतर्फ ९ करोड ८० लाख, फोहर पानी प्रशोधन केन्द्रका लागि २ करोड ५० लाख र समपूरक कोषमा ४ करोड ८० लाख विनियोजन गरिएको छ ।

आगामी आर्थिक वर्षको अनुमान गरिएको खर्च बेहोर्ने स्रोतमध्ये संघि सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरणतर्फ एक अर्ब २१ करोड ८५ लाख र प्रदेश सरकारतर्फ ४ करोड ९१ लाख ९७ हजार, राजस्व बाँडफाँट १ अर्ब १३ करोड ९९ लाख ७० हजार, आन्तरिक आय १ अर्ब, जनसहभागिता ८ करोड, अन्य अनुदान तथा ऋण १० करोड १९ लाख र अन्य संघ संस्थातर्फ ३ करोड ६० लाख हुने बजेटमा अनुमान गरिएको छ ।

भरतपुर महानगरपालिकाले भने ५ अर्ब ७४ करोड ४२ लाख ५६ हजार बराबरकोे बजेट सार्वजनिक गरेको छ । उक्त बजेटको आन्तरिक आय १ अर्ब ५० करोड, अन्तरसरकारी वित्तीय हस्तान्तरणबाट १ अर्ब ९२ करोड ११ लाख २९ हजार, केन्द्र तथा प्रदेश सरकारको राजस्व बाँडफाँटबाट ५३ करोड ३१ लाख २७ हजार, जनसहभागिताबाट ३७ करोड, बैंक मौज्दात १ अर्ब ३० करोड, मर्मतसम्भार कोषबाट ४ करोड, सडक बोर्ड नेपालबाट ३ करोड र जिल्ला समन्वय समिति चितवनबाट ३ करोड रहने प्रक्षेपण गरिएको छ ।

चालु आर्थिक वर्षका लागि गत वर्ष बजेट प्रस्तुत हुँदा चार अर्ब ८४ करोड रहेको थियो । पूरक र थप अख्तियारीसमेत गरी चालु आर्थिक वर्षको बजेट ५ अर्ब ५१ करोड ७३ लाख ८८ हजार पुगेको हो । अनुमानित आयमा २०७९ जेठ मसान्तसम्म महानगरले आन्तरिक आम्दानी ९७ करोड प्राप्त भएको छ । गत वर्षको सुरुआती बजेटको तुलनामा यस वर्षको बजेट ९० करोड बढी हो ।

प्रतिक्रिया