बैतडी । इन्धनको मूल्यवृद्धि फिर्ताको माग गर्दै नेकपा एमाले निकट अनेरास्ववियु बैतडीले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ ।
आज प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो । पेट्रोलियम पदार्थ लगायत दैनिक उपभोग्य सामानको समेत ज्यादै मूल्यवृद्धि भइरहेको भन्दै मूल्यवृद्धि फिर्ताको माग गर्दै ज्ञापनपत्र बुझाएको अनेरास्ववियु जिल्ला कमिटि बैतडीका संयोजक नरेन्द्र साउँदले जानकारी दिए ।
‘जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्षरुपमा जोडिएको पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गर्दै निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर नाफा निकालने उद्देश्य राखी गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन अनेरास्ववियु जोडदार माग गर्दछ’, ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया