दैलेखमा किसानलाई रोपाइँको चटारो (फोटो फिचर)

दैलेख । किसान यतिबेला खेतबारीमा आली लगाउने, छेउकुना खन्ने, बीउ काढ्ने, हल चलाउने, खेत रोप्नेलगायतका काममा व्यस्त छन् । असार महिना लागेसँगै दैलेखमा रोपाइँ सुरु भएका छन् ।

यो वर्ष समयमै पानी आउँदा किसान खुशी हुँदै खेत रोप्ने चटारोमा ब्यस्त छन् । दैलेखको ठाटीकाँध गाउँपालिका– १ खातीगाउँ सीमधारास्थित खेतमा धान रोप्दै रोपाहार र बाउसे ।– न्युज कारखाना

प्रतिक्रिया