१२ वर्षीया बालिका बलात्कार आरोपमा तीन किशोर पक्राउ

बझाङ । बझाङ जिल्लामा बालिका बलात्कार गरेको आरोपमा तीन जना किशोर पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार जिल्लाको बुंगल नगरपालिका वडा न १ की १२ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा सोही ठाँउका तीनजना किशोरलाई पक्राउ गरेकोे जनाएको छ ।

बालिकाका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले सोही ठाँउका १४, १५ र १६ वर्षीय किशोरलाई पक्राउ गरेको हो । जेठको दोस्रो साता बालिकाका आमाबुबा रोपाइँमा गएको बेला तीनैजनाले सामूहिक बलात्कार गरेको र बालिकाको स्वास्थ्यमा समस्या देखिएपछि सोधपुछ गर्दा बलात्कार भएको बताएपछि जाहेरी दिन ढिलाइ भएको पीडितका आफन्तले बताएका छन् ।

प्रतिक्रिया