बझाङ । जयपृथ्वी सामुदायिक अध्ययन केन्द्रद्वारा लागुऔषध दुर्वेषण तथा कुलत न्यूनीकरणसम्बन्धि युवाहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
बिहीबार सदरमुकाम चैनपुरमा रहेको होटल देविस्थानमा जयपृथ्वी नगरपालिका शिक्षा शाखाको आर्थिक सहयोग र वडा प्रहरी कार्यालय चैनपुरको समन्वयमा लागुऔषध दुर्वेषण तथा कुलत न्यूनीकरणसम्बन्धि युवाहरूको अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा बझाङ जिल्लाका विभिन्न स्थानिय तहहरुबाट झन्डै ५० जना युवाहरुको उपस्तिथि रहेको नेपाल पत्रकार महासंघ बझाङका निवर्तमान अध्यक्ष तथा रेडियो नेपालका बझाङ समाचारदाता जगदिस रोकायाले बताए ।
रोकायाले प्रायःजसो शहरबजारका युवा पुस्ताहरुमा लागुऔषध दुर्वेषणका शिकार भएको र यसले समाजमा झैझगडा हुने हुँदा युवापुस्ताहरुलाई लागुऔषध दुर्वेषण न्यूनीकरणसम्बन्धि कार्यक्रम अवस्यक रहेको बताए ।
त्यस्तै कार्यक्रमा उपस्थित अधिकांश युवाहरुले यस्तो कार्यक्रम अति आवस्यक रहेको र आगामी दिनहरुमा नगरपालिका रगाँउपालिकाले गर्नुपर्ने आफ्ना भनाईहरु राखेका थिए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यलय बझाङका प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले लागुऔषध भनेको केहो लागुऔषधबाट हुने असर र लागुऔषध नयूनिकरणको बारेमा सहजीकरण गरेका थिए ।
बझाङ
प्रतिक्रिया