बैतडी । बैतडीमा मिनीट्रक दुर्घटनामा परेको छ । पाटन नगरपालिका– ३ धुरातर्फ गईरहेको मिनि ट्रक दुर्घटनमा परेको हो ।
स्थानीयहरुले खर गरेअनुसार ४ जना घाईते भएको विवरण आएको र पाटनबाट प्रहरीको टोली घटनास्थलतर्फ गईरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख रमेश पालले जानकारी दिए ।
दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए । सो कच्ची सडकमा यसअघि पनि विद्यार्थी बोकेको टिप्पर दुर्घटामा परेको थियो । उक्त दुर्घटनामा परी तीन विद्यार्थीसहित चार जनाको ज्यान गएको थियो ।
प्रतिक्रिया