साघुँबाट सेती नदीमा खसेर किशोरीको मृत्यु

बैतडी । बैतडीको सिगासस्थित सेती नदीमा साघुँबाट खसेर एक किशोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको आर्दश गाउँपालिका– ६ गिरीचौकीकी ढुल्लु अधिकारी रहेकी छन् । डोटीको बडिकेदार गाउँपालिका– ६ बाट बैतडीको सिगास– ६ मोरिबगर आउदैँ गरेकी अधिकारी नदीमा खसेकी हुन् ।

नदीमा वेपत्ता किशोरीको शव स्थानियवासीले निकालेका थिए । एक साता अगाडि एकजना पुरुष सोही ठाउँबाट खसेका थिए । उनी नदीमा खसेको केही समयपछि स्थानीयले उद्धार गरेका थिए ।

बिहीबार बिहान साढे १० बजे खसेकी किशोरीको जिवितै उद्धार हुन नसकेको स्थानीय शिक्षक पदम साउदले बताए । गत असोजमा आएको बाढीले सेती नदीको पुल भत्काएपछि साघुँबाट तर्ने गरिएको छ ।

प्रतिक्रिया