‘प्राविधिक शिक्षा आजको आवश्यकता’

विराटनगर । पूर्व राष्ट्रपति रामवरण यादवले प्राविधिक शिक्षा आजको आवश्यकता रहेको बताएका छन् । मोरङको जहदा गाउँपालिका–४ मा रहेको शैलजा आचार्य स्मृति पोलिटेक्निको अनुगमन निरीक्षणपछि आयोजित कार्यक्रमा प्राविधिक शिक्षाले व्यावसायिक जनशक्ति उत्पादन गर्ने भएकोले शिक्षामा सबैको पहुँच आवश्यक रहेको बताए ।

शिक्षामा सबैको पहँुच पु¥याउन ग्रामीण क्षेत्रका गरिब तथा विपन्न समुदायलाई लक्षित गरेर सरकारले योजना बनाउनु पर्ने उनले बताए । शैलजा आचार्यको नाममा स्थापना भएको प्राविधिक शिक्षालयको विकासमा संघ, प्रदेश, स्थानीय गरी तीनैतहको सरकारको ध्यान दिनुपर्नेमा उनले जोड दिए ।
उनले समुदाय शिक्षित भएमा मात्र समाज परिवर्तन हुने भएकाले सबैलाई न्यून शुल्कमा शिक्षाको व्यवस्था मिलाउनुपर्ने बताए । उनले प्राविधिक शिक्षा हासिल गरेपछि आपूmले सिकेको ज्ञान र सीपलाई राष्ट्रको हितमा उचित प्रयोग गर्नुपर्ने बताए । उनले जातीय समाजभन्दा माथि उठेर मुलुक र समाजको विकासमा सबै लाग्नुपर्नेमा जोड दिए ।

सिटिइभिटी तथा कृष्णप्रसाद कोइराला सेवा गुठीको साझेदारीमा सो पोलिटेक्निक सञ्चालनमा आएको हो । तीन बिघा क्षेत्रफलमा फैलिएको सो विद्यालयमा अहिले पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको सो विद्यालयका प्रमुख सन्तवहादुर अधिकारीले बताए ।

प्रतिक्रिया