सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी

काठमाडौं । कठमाडौं महानगरपालिका–१६ सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ । आज भएको कलेजको क्यान्टिनको आगलागि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय वासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएका छन् ।

ग्यास लिग भई आगलागि हुँदा क्यान्टिनमा रहेको सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीको घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं. २४ बाघभैरव गुल्म काठमाडौंबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार न्यौपाने र सुरक्षा वेश काठमाडौं महानगरपालिका वारुणयन्त्र न्यूरोडबाट सशस्त्र प्रहरी नायव निरीक्षक धन बहादुर सुवेदीको कमाण्डमा खटिएको सुरक्षा फौज आगलागि नियन्त्रणमा जुटेको थियो ।

आगलागी बिहान करीब ८ बजे पूर्ण रुपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया