मेलिना र राजनको आवाजमा ‘मायालाई भेटेसी’ सार्वजनिक

काठमाडौं । गायिका मेलिना राई र गायक राजन कार्कीको आवाजमा ‘मायालाई भेटेसी’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । स्मति स्नेहा इन्टरटेनमेन्टको प्रस्तुतिमा उक्त गीतको भिडियो केही दिअघि सार्वजनिक गरिएको हो ।

कार्किर्कीकै शब्द रचना र संगीत रहेको छ । गीतको भिडियोमा प्रेमिकल जोडीहरुको माया प्रेमको विषयवस्तु समावेश गरिएको छ ।
कुमार केसीको निर्देशनमा तयार भएको भिडियोमा प्रसान्त मगरको कोरियोग्राफी रहेको छ भने अजय रेग्मीले छायांकन गरेका हुन् ।

त्यस्तै, उक्त भिडियोमा प्रकाश सपुत र निता ढुंगानाले अभिनय गरेका छन् । विनोद ज्ञवालीले सम्पादन गरेको गीतको भिडियो स्मिता स्नेहा इन्टरटेन्डमेन्टकोको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया